बिहिबार, फाल्गुन ७, २०८२
  • होमपेज
  • समाज
  • दुर्घटनापछि अस्पतालको शैयामा बाजुराका लाल बहादुर, उपचार खर्च जुटाउन कठिनाइ

दुर्घटनापछि अस्पतालको शैयामा बाजुराका लाल बहादुर, उपचार खर्च जुटाउन कठिनाइ

  • बिहिबार, फाल्गुन ७, २०८२
दुर्घटनापछि अस्पतालको शैयामा बाजुराका लाल बहादुर, उपचार खर्च जुटाउन कठिनाइ

बाजुरा–  बडिमालिका नगरपालिका–४, रीला निवासी तथा हाल रोजगारीको सिलसिलामा भारतको केरला राज्यमा बसोबास गर्दै आएका लाल बहादुर रावत सडक दुर्घटनामा परेर गम्भीर रूपमा घाइते भएका छन्। परिवार स्रोतका अनुसार रावत केरलमा भएको सवारी दुर्घटनामा परेर गम्भीर चोटपटक लागेपछि हाल त्यहीँस्थित अस्पतालमा उपचाररत रहेकाे जनाएकाे छ। चिकित्सकका अनुसार उनको उपचारका लागि ठूलो आर्थिक रकम आवश्यक पर्ने जनाएकाे छ ।

रावतको परिवारको आर्थिक अवस्था कमजोर रहेको र उपचार खर्च व्यवस्थापन गर्न अत्यन्त कठिनाइ भइरहेको जनाउँदै परिवार तथा आफन्तजनले मानवीय सहयोगका लागि सार्वजनिक अपिल जारी गरेका छन्।  देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनी, विभिन्न संघ–संस्था तथा सहयोगी महानुभावहरूलाई सक्दो आर्थिक सहयोग गरिदिन सामाजिक संजालमार्फत अनुरोध गरिएको छ। “तपाईंहरूको सानो सहयोगले पनि जीवन रक्षा तथा परिवारलाई नयाँ आशा दिन महत्वपूर्ण योगदान पुग्ने उनका आफन्त गजेन्द्र नाथले बताएका छन ।

    सहयोग सम्बन्धी सम्पर्क विवरण

 भारतका लागि सम्पर्क नम्बर:

  • हिक्मत नाथ: 7678698911

  • अमिस्का रावत नाथ: 9354544337

  • मान बहादुर सेजुवाल: 8979762667

 नेपालका लागि सम्पर्क नम्बर:

  • धर्मेन्द्र बुढा: 9766568597

  • गजेन्द्र नाथ: 9769998909

चर्चामा

सम्बन्धित समाचार