• होमपेज
  • समाज
  • बाजुरामा मोटरसाइकल दुर्घटनामा परी तीन जना घाइते

बाजुरामा मोटरसाइकल दुर्घटनामा परी तीन जना घाइते

  • सोमवार, माघ २७, २०८२
बाजुरामा मोटरसाइकल दुर्घटनामा परी तीन जना घाइते

बाजुरा—बाजुरामा मोटरसाइकल दुर्घटनामा परी तीन जना घाइते भएका छन् । आइतबार साँझ मार्तडी–कोल्टी सडकखण्ड अन्तर्गत बुढीनन्दा नगरपालिका ९ काँधमा मोटरसाइकल दुर्घटनामा परेको हो ।

मार्तडीबाट कोल्टीतर्फ जादैँ गरेको बडीमालिका ८ मार्तडी बस्ने धन बहादुर थापाको छोरा बर्ष अन्दाजी २७ को दिल थापाले चलाएको बा.प्र.०२–०२८प ४८८९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

उक्त दुर्घटनामा परी चालक थापा, पछाडि सवार सोही ठाउँ बस्ने अन्दाजी २२ बर्षको सागर रावल र बडीमालिका ९ का हेमराज उपाध्याय घाइते भएको जनाएको छ । घाइते  चालक थापा बडीमालिका नगरपालिका र उपाध्याय कृषि ज्ञान केन्द्र बाजुराका कर्मचारी हुन् ।

घाइते तीनै जनाको टाउको, हात र खुट्टामा चोट लागेको छ भने अहिले जिल्ला अस्पताल मार्तडीमा उपचार भइरहेको छ । त्यस्तै जिल्ला अस्पतालले घाइते सागर रावललाई थप उपचारका लागि रेफर गरेकाे बताइएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार