शुक्रबार, माघ १७, २०८२
  • होमपेज
  • राजनीति
  • सुदूरपश्चिमको भम्रण सकाएर कर्णालीतर्फ लागे बालेन

सुदूरपश्चिमको भम्रण सकाएर कर्णालीतर्फ लागे बालेन

बोलेनन्, घण्टी बजाए, फर्किए

  • शुक्रबार, माघ १७, २०८२
सुदूरपश्चिमको भम्रण सकाएर कर्णालीतर्फ लागे बालेन

बाजुरा— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) सुदूरपश्चिम प्रदेशको भ्रमण सकाएर कर्णाली प्रदेशतर्फ लागेका छन् ।

शुक्रबार (माघ १६) बिहान बालेन रास्वपा अछाम–२ का उमेदवार भूपदेव शाहको गाउँमा पुगेका थिए । त्यहाँ पार्टीका नेता–कार्यकर्तासित भेटघाटपछि उनी कर्णाली प्रदेशतर्फ लागेका हुन् । उनी यति बेला कालीकोटकाे मान्मामा छन् । कालिकाेट पुगेर उनले फेसबुकमा लेखेका छन्–”कर्नालीका सुइना, अब हाम्मा सुइना” । त्यसपछि दैलेख हुँदै सुर्खेतसम्मको भ्रमण गर्ने कार्यक्रम तय छ ।

उनी यसअघि बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी, बाजुरासम्म पुगेका थिए । बालेन आफैँ यसपालि प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा–५ बाट उमेदवार छन् ।

चर्चामा

सम्बन्धित समाचार