• होमपेज
  • समाज
  • गौमुलमा घर आगलागीबाट २० लाख बराबरको धनमाल जलेर खरानी

गौमुलमा घर आगलागीबाट २० लाख बराबरको धनमाल जलेर खरानी

  • आइतवार, माघ ५, २०८२
गौमुलमा घर आगलागीबाट २० लाख बराबरको धनमाल जलेर खरानी

बाजुरा—बाजुराको गौमुल गाउँपालिका २ कुहुडामा एक घरमा भएको आगलागीबाट लाखाैँको क्षति भएको छ । आइबतार बिहानै स्थानीय बिष्णु रोकायाको कच्ची घरमा आगलागी हुँदा २० लाख बराबरको धनमाल जलेर खरानी भएको हो ।

जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार विद्युतको तार सर्ट भएर घरमा आगलागी हुँदा घरभित्र रहेका नगदसहित सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ । घरभित्र रहेको ७ लाख रुपैयाँ नगद, ३ तोला सुन, लत्ता कपडा, भाँडावर्तन, अन्नपात पूर्ण रुपमा जलेर नष्ट हुँदा २० लाख बराबरको क्षति भएको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार