• होमपेज
  • समाज
  • गौमुल गाउँपालिका २ मा आगलागीबाट एक घर जलेर नष्ट

गौमुल गाउँपालिका २ मा आगलागीबाट एक घर जलेर नष्ट

  • आइतवार, माघ ५, २०८२
गौमुल गाउँपालिका २ मा आगलागीबाट एक घर जलेर नष्ट

बाजुरा—बाजुराको गौमुल गाउँपालिका २ मल्लोदुगुनको कुहुडामा एक घरमा आगलागी हुँदा जलेर नष्ट भएको छ । आइबतार बिहानै स्थानीय बिष्णु रोकायाको कच्ची घरमा आगलागी हुँदा पूर्ण रुपमा जलेको हो ।

स्थानीयका अनुसार विद्युतको तार सर्ट भएर घरमा आगलागी भएको हो भने आगलागीबाट घर पूर्ण रुपमा जलेर खरानी भएको छ । मानविय क्षति भने भएकाे छैन् । आगलागीबाट घरमा रहेका भाँडाकुँडा, कपडा, खाद्यान्न लगायतका सबै सामान जलेर खरानी भएको वडा अध्यक्ष देव बहादुर रोकायाले जानकारी दिए । आगो नियन्त्रण गर्न स्थानीयहरुले प्रयास गरे पनि नसक्दा घर पूर्ण रुपमा जलेको उनको भनाइ छ । अहिले जनप्रतिनिधि तथा प्रहरीको टोली घटनास्थलमा खटिएर क्षतिको एकिन विवरण संकलन भइरहेको छ भने राहतका लागि पनि पहल भइरहेको उनले बताए ।

चर्चामा

सम्बन्धित समाचार