• होमपेज
  • बजार
  • नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महंगो

नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महंगो

  • बुधबार, माघ १, २०८२
नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै महंगो

बुधबार नेपाली बजारमा सुनको भाउले ऐतिहासिक रेकर्ड कायम गरेको छ। मंगलबारको तुलनामा १५०० रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ।

नेपाल सुन -चाँदी व्यवसायी महासंघका अनुसार बुधबार १५०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ७८ हजार कायम भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।

यसअघि मंगलबार प्रतितोला सुनको मूल्य २ लाख ७६ हजार ५०० पुगेको थियो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि उकालो लागेको छ। यसदिन प्रतितोला चाँदी ५ हजार ६५५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। मंगलबार सोही परिमाणको चाँदीको मूल्य ५ हजार ३४० रुपैयाँ कायम भएको थियो।

चर्चामा

सम्बन्धित समाचार