शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बजार
  • चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, सुनको भाउ पनि बढ्यो

चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, सुनको भाउ पनि बढ्यो

  • बुधबार, मंसिर १८, २०८२
चाँदीको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, सुनको भाउ पनि बढ्यो

 नेपाली बजारमा बुधबार सुन-चाँदीको भाउ वृद्धि भएको छ। सुनको मूल्य ८०० रुपैयाँ र चाँदी ११० रुपैयाँले बढेको हो। नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार ११० रुपैयाँले बढेर चाँदीको भाउ हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

महासंघका अनुसार आज प्रतितोला चाँदी ३ हजार ६५५ रुपैयाँ कायम भएको छ। मंगलबार एक तोला चाँदी ३ हजार ५४५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

यसैगरी बुधबार ८०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ५४ हजार १०० पुगेको छ। मंगलबार सुनको भाउ ३०० रुपैयाँले घटेको थियो।

चर्चामा

सम्बन्धित समाचार