शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बडिमालिका
  • बडीमालिकाको ११ औं स्थापना दिवस भब्यताका साथ सम्पन्न

बडीमालिकाको ११ औं स्थापना दिवस भब्यताका साथ सम्पन्न

  • बुधबार, मंसिर १८, २०८२
बडीमालिकाको  ११ औं स्थापना दिवस भब्यताका साथ सम्पन्न

बाजुरा– बडीमालिका नगरपालिकाको ११ औं स्थापना दिवस विविध कार्यक्रमका साथ भव्यतापूर्वक सम्पन्न भएको छ। नगरपालिकाले बिभिन्न कार्यक्रमका साथ स्थापना दिवस सम्पन्न गरेकाे हाे । स्थानीय , जनप्रतिनिधि, कर्मचारी, सामाजिक संघ–संस्थाका प्रतिनिधि तथा विभिन्न क्षेत्रका सरोकारवाला व्यक्तिहरूको उत्साहजनक सहभागिताले कार्यक्रम विशेष र आकर्षक बनेको थियो।

 नगर प्रमुख अमर खड्काले नगर विकासका लागि जनताको सक्रिय सहकार्य अत्यन्त आवश्यक रहेको भन्दै आगामी वर्षलाई ‘सुशासन, पारदर्शिता र सेवा प्रवाह सुधार’ गर्न सबैकाे साथ सहयाेग रहेकाे बताएका थिए । स्थानीयले  उत्साह र उमंगका साथ दिवसमा भाग लिएका छन् । बडीमालिका साविक तीन गाविसका स्थानीयको साझा घर हो । घरको खुसी नै सबैको खुसी हो । घरलाई सुरक्षित राख्ने र सुन्दर बनाउने सबै सदस्यको जिम्मेवारी हुन्छ । खुसीमा सबै रमाउने, समस्यामा सबैले साथ दिएर अघि बढ्ने सन्देश सहीत स्थापना दिवस मनाएको नगर प्रमुख  खड्काले बताएका छन् । सो अवसरमा शिक्षा, स्वास्थ्य, पूर्वाधार, सामाजिक विकास तथा वातावरण संरक्षणका क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याउने व्यक्तिहरूलाई नगरपालिकाले सम्मान पनि प्रदान गरेको थियो।

स्थानीय सांस्कृतिक झाँकी, नृत्य, स्वस्थानी र गीत–संगीतका प्रस्तुतिहरूले कार्यक्रमलाई झनै आकर्षक बनाएको थियो। सहभागीहरूका अनुसार नगरको विकासको यात्रामा स्थापना दिवसले सामूहिक उर्जा र उत्साह बढाएको छ। ११ औं स्थापना दिवसले बडीमालिकालाई अझ जिम्मेवार, सक्रिय र जनमुखी नगर बनाउन प्रेरणा दिएको सराेकारवालहरुले  बताएका छन्।

सिंगो पालिकाको खुसी र उमंग देखिने गरि कार्यक्रम आयोजना गर्ने र उत्साह मनाउन थालिएको २ वर्ष भयो । पालिका स्थापनाको ११ वर्ष पुग्यो । तर औपचारिक कार्यक्रम अघिल्लो वर्षबाट मात्रै आयोजना गर्न थालिएको हो । बडीमालिका नगरपालिकाको स्थापना २०७१ मंसिर १६ गते साविक जुगाडा, मार्तडी र बुढीगंगा गाउँ विकास समिति मिलाएर गरिएको हो ।

तीन वटा गाविस मिलाएर बनेको बडीमालिका नगरपालिका जिल्लाको सदरमुकाम पनि हो । सदरमुकाम सिंगो जिल्लाकै मुटु वा सबैको सरोकार रहने ठाउँ हो । त्यही पालिकाले आयोजना गर्ने जुनसुकै कार्यक्रम पनि सिंगो जिल्लाको नजरमा पर्ने गर्छन् । त्यसैमा बडीमालिका नगरपालिकाले स्थापना दिवस उत्सवका साथ मनाएको छ ।

कर्मचारी देखि स्थानीयसम्म, सरोकारवाला देखि गाउँटोलका सर्वसाधारण सबैको सहभागिता रहने गरि स्थापना दिवस मनाएको छ । कुनै वडा र वडाका कुनैपनि सँस्कृति प्रदर्शन हुन बाँकी रहेनन् । नौ वटै वडाका लोक सँस्कृतिक झल्किने देउडा देखि झाँकीसम्म, मागल देखि गौरा, अनन्ते देखि पुलतासम्म प्रर्दशन गरिएको छ । गर प्रमुख अमर खड्काको अध्यक्षमा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहेका थिए ।

चर्चामा

सम्बन्धित समाचार