शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बाजुरा बिशेष
  • अनेरास्ववियू पूर्व महासचिब रोकायाले भने देशलाई अब्बल बनाउने शिक्षा र दृष्टिकोण आवश्यक छ

अनेरास्ववियू पूर्व महासचिब रोकायाले भने देशलाई अब्बल बनाउने शिक्षा र दृष्टिकोण आवश्यक छ

  • बुधबार, मंसिर ११, २०८२
अनेरास्ववियू पूर्व महासचिब  रोकायाले भने देशलाई अब्बल बनाउने शिक्षा र दृष्टिकोण आवश्यक छ

बाजुरा– गौमुल गाउँपालिकामा चलिरहेको छैटौं पालिका–स्तरीय राष्ट्रपति रनिङ शिल्डको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै अनेरास्ववियूका पूर्व महासचिव तथा एमालेका युवा नेताले देशको समग्र विकासका लागि शिक्षण पेशालाई नै सबैभन्दा उत्कृष्ट र सम्मानित पेशा बनाउनु पर्ने आवश्यकता रहेकाे बताएका छन  । अबका पुस्ताले जीवन उपयोगी शिक्षा आर्जन गर्ने गरि शिक्षा प्रदान गर्नुपर्ने र अब हरेक बिध्यार्थीले कम्तीमा कक्षा १२ उर्तिण गर्दा एउटा हातमा सर्टिपिकेट र अरर्को हातमा अनिवार्य सीप हुन पर्ने उनकाे भनाइ रहेकाे छ  । यसका लागि विशेष गरि स्थानिय सरकारको महत्त्वपूर्ण योग्दान रहने भएकाले यसमा लाग्न स्थानिय सरकारको ध्यानााकर्षण गराएका छन ।

एक फरक प्रसंगमा हिजोका दिन देखि आज सम्म बाजुरा ७७औँ स्थानमा रहिरहनु केन्द्रकृत राज्य सत्ताको नजरिया र राज्यका विभिन्न निकायमा अब्बल उपस्थिति नहुँदा आएको परिणाम भएको उल्लेख गर्दै अब यस अवस्थालाई परिवर्तन गर्ने जिम्मेवारी नयाँ पुस्ताको रहेको बताए। राज्यका हरेक सरकारी निकायको उच्च तहमा आफ्नो नाम दर्ज गराउने गरि अघि बढ्न पनि बिध्यार्थीहरू लाई सुझाएका छन । हिमाली भूगोलबाट नै ‘अनौठा र अब्बल’ प्रतिभाहरू जन्मिएका अनेकौ उदाहरणहरू रहेको उल्लेख गर्दै उनले अबका दिनमा “हाम्रो ठाउँबाट देखिने र सुनिने काम गर्नु छ, अरूले सिक्ने परिणाम देखाउनु छ” भन्ने दृढता व्यक्त गरे।

युवा नेता तथा पूर्व महासचिवले कार्यक्रममा उपस्थित बालबालिका र विद्यार्थीलाई आफ्नो रुचि अनुसारको खेल वा सीपमा समर्पित भई उच्च मनोबलका साथ भोलिको सामजिक स्थिति र आफ्नो जिवनयापन सहज र सुखद हुने गरि अघि बढ्न विशेष आग्रह गर्दै प्रतिभा विकासका लागि निरन्तरता नै मुख्य आधार भएको बताए। अब बाजुरा लाई हरेक हिसावले माथि उठाउन सबैलमई समेटेर आफ्नो पुस्ताले नेतृत्व गर्दै अघि बढ्ने बताए ।

चर्चामा

सम्बन्धित समाचार