
बाजुरा– बडिमालिका नगरपालिकाको छैटौँ नगर स्थरिय राष्ट्रपति रनिङ शिल्ड आजदेखी सुरु भएको छ । बडीमालिका नगरपालिकाकाे भौनेरामा संचालन भएको छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको आज एक विशेष समारोहका बीच उद्घाटन गरिएको छ । “राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद” भन्ने मुल नारासहित जुगाडाको सत्यवादी माध्यमिक विद्यालय, भौनेरामा संचालन भएको छ । उद्धघाटन कार्यक्रममा पालिकाकाबाट सहभागी बिध्यालयका बिभिन्न कार्यक्रमा बडीमालिका १ र २ का बिभिन्न झाँकी लगायत विविध कार्यक्रमको आयोजना गरिएको छ ।
रनिङ शिल्डको उद्धघाटन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नगरप्रमुख अमर खड्काले खेलकुदलाई निरोगी समाज निर्माणको आधारका रूपमा व्याख्या गर्दै भने, “विद्यार्थीको क्षमता विकास र उनीहरूलाई राष्ट र्माणको मूलधारमा उभ्याउने माध्यम खेलकुद हो। नगरपालिकाले अबका दिनमा खेलकुद संरचना विकासदेखि प्रतियोगिता व्यवस्थापनसम्म योजनाबद्ध रूपमा अघि बढ्नेछ।” नगर प्रमुख खड्काले खेलकुद मैदान स्तरोन्नति तथा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम निरन्तर चलाइने बताए ।
उपप्रमुख नन्दा थापाले महिला तथा बालबालिकामैत्री खेलकुद वातावरण निर्माणमा पालिकाको जोड रहने बताउँदै भनिन्, “हामी खेलकुदलाई केवल प्रतिस्पर्धा होइन, अनुशासन, नेतृत्व र आत्मविश्वास विकासको अवसरका रूपमा लिन्छौँ। नगरका सबै विद्यालयमा समान पहुँच सहित खेलकुद कार्यक्रम विस्तार गर्छौँ।” उनले खेलाडीको सहभागिता अभिवृद्धिका लागि छुट्टै प्रोत्साहन कार्यक्रमसमेत अघि सारिने उल्लेख गरिन्।
उद्घाटन कार्यक्रममा विद्यार्थीहरूको झाँकी, मार्चपास तथा विभिन्न प्रस्तुतिहरू पनि गरिएको थियो । बडीमालिका नगरपालिकाले यस वर्षको प्रतियोगिता व्यवस्थित, पारदर्शी र प्रतिस्पर्धात्मक बनाउन सबै विद्यालयसँग समन्वय भइरहेको जनाएको छ । कार्यक्रममा सहभागी सबै सरोकारवालाले विद्यार्थीको उज्ज्वल भविष्यका लागि खेलकुद क्षेत्रलाई अझ सुदृढ बनाउँदै लैजाने प्रतिवद्धता व्यक्त गरेका छन्।
बडीमालिका नगरपालिका खेलकुद संयोजक राजेश पायल विकले अध्यक्षता संचालन गरिएको कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख अमर खड्का रहेका थिए । विशिष्ट अतिथि उपप्रमुख नन्दा थापा रहेकी थिइन भने ।सहायक प्रमुख जिल्ला अधिकारी सितल रावल, प्रमुख प्रशासकिय अधिकृत पदम बहादुर माझी, वडा न १ देखी ९ सम्मका वडाअध्यक्ष अतिथिहरू रहेका थिए । कार्यक्रमको सञ्चालन बडिमालिका नगरपालिका शिक्षा शाखा शिक्षा अधिकृत तथा नगर खेलकूद विसास समितिका सचिव राम बहादुर कटुवालले गरेका थिए।
