शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढिनन्दा
  • बाजुराकाे दानसाँघु खोलामा बेलिब्रिज शिलान्यास

बाजुराकाे दानसाँघु खोलामा बेलिब्रिज शिलान्यास

  • बुधबार, मंसिर ४, २०८२
बाजुराकाे दानसाँघु खोलामा बेलिब्रिज शिलान्यास

बाजुरा– बुढिनन्दा नगरपालिका स्थित दानसाघु खोलामा बेलिब्रिज निर्माणका लागि  शिलान्यास गरिएको छ।  सडक डिभिजन कार्यालय साँफेबगरले करिब दुई करोड बाइस लाख रुपैयाँ लागतमा जडङ्गामा रहेको बेलिब्रिजलाई दानसाघु खोलामा स्थानान्तरण गरी पुनःस्थापना गर्न लागेको हो। चार महिनाभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्य ठेकेदार कम्पनीले जनाएकाे छ। एक कार्यक्रमका विच नगरपालिकाका उपप्रमुख रामबहादुर बोहोराले उक्त पुल  शिलान्यास गरेकाे बुढीनन्दा नगरपालिकाले जनाएकाे छ।

बुढिनन्दा नगरपालिकाका नगर प्रमुख जनककुमार बोहराका अनुसार  नगरपालिकाकाे निरन्तर प्रयासपछी पुल स्थानान्तरण प्रक्रियाले गति पाएको बताएका छन।  बेलिब्रिज निर्माण सम्पन्न भएपछि काेल्टी क्षेत्रका बासिन्दाहरूलाई सहज यातायात सेवा उपलब्ध हुने र स्थानीय आर्थिक गतिविधिमा थप सुधार आउने अपेक्षा गरिएको नगर प्रमुख बाेहराले बताएका छन्।

मार्तडीदेखि कोल्टी सडक सुचारु भएको झण्डै २६ वर्ष भएपनि दानसाँघु खोलामा पक्की पुल निर्माण नहुँदा त्यहाँ चल्ले सवारी साधनलाई बर्खाको समयमा वारपार गर्न सास्ती खेप्दै आउनुपरेको छ । सडक डिभिजन कार्यालय अछामले बडिमालिका नगरपालिकाको जडाङ्गामा रहेको बेलिब्रिज पुललाई त्यहाँ राख्ने गरी दानसाँघु खोलामा बेलिब्रिज पुलको सर्भे गरिएको थियाे । बूढीनन्दा नगरपालिकाका नगरप्रमुख  बोहराले बताए । हिउँदको महिनामा चिसोले खोला तर्न नसकिने र बर्खाको समय पानीको बहाव बढ्दै जाने गरेकाले यहाँ सवारी साधनलाई खोला वारपार गर्न समस्या हुँदै आएकोमा अब बेलिब्रिज निर्माण भयो भने सहज हुने नगर प्रमुख बोहराले बताए ।

दानसाँघु खोलामा बेलिब्रिज पुल निर्माण भएपछि बूढीनन्दा नगरपालिकाको कोल्टी, हिमाली, जगनाथ र स्वामिकार्तिकका खापर गाउँपालिका र छिमेकी जिल्ला मुगु र हुम्लाका नागरिकलाई समेत सहज हुने नगरप्रमुख बोहराले बताए । हिउँदको समयमा नियमित कोल्टीसम्म यातायात सञ्चालन भए पनि वर्षातका चार महिना दानसाँगु खोलामा पुल नहुँदा सवारीसाधन सञ्चालनमा कठिनाइ हुँदै आएको छ।

चर्चामा

सम्बन्धित समाचार