शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढीगंगा
  • टोल-टोलमा पुगेर गर्भवती महिलाको निशुल्क अल्ट्रासाउन्ड र ल्याब सेवा

टोल-टोलमा पुगेर गर्भवती महिलाको निशुल्क अल्ट्रासाउन्ड र ल्याब सेवा

  • बिहिबार, कार्तिक २८, २०८२
टोल-टोलमा पुगेर गर्भवती महिलाको निशुल्क अल्ट्रासाउन्ड र ल्याब सेवा
बाजुरा– बाजुराको बुढिगंगा नगरपालिकामा टोल टोलमा पुगेर गर्भवती महिलालाई निशुल्क अल्ट्रासाउन्ड र ल्याब सेवा सञ्चालन भइरहेको छ । पालिकाका १० वटा वडामा पुगेर बुढिगंगा नगरपालिकासँगको सहकार्यमा ग्रिन तारा नेपाल नामक गैर सरकारी संस्थाको सहयोगमा गर्भवती महिलाको निशुल्क अल्ट्रासाउन्ड र ल्याबसेवा भइरहेको नगरप्रमुख राम बहादुर बाँनियाले वताएका छन् ।
प्रत्येक महिनाको एकपटक एउटा वडामा पुगेर गर्भवती महिलाको अल्ट्रासाउन्ड जाँच र अन्य ल्याब जाँच भइरहेको ग्रिन ताराको फिल्ड व्यवस्थापक कविता थापाले वताएकि छन् । गर्भवति महिलाको जेकजाँच सँगै परामर्श सेवा दिइरहेको उनले वताईन् । पालिका सँगको सहकार्यमा सेवा सञ्चालन भइरहेको थापाले वताईन् । संस्थाले अल्ट्रासाउन्ड सेवा सञ्चालन गर्ने र अन्य ल्याब सम्बन्धि तालिम दिएर स्वास्थ्यकर्मीलाई टोल टोलमा पठाउने गरेको छ । अल्ट्रासाउन्ड तथा अन्य चेकजाँचको सामान ग्रिन तारा नामक गैरसकारी संस्थाले नै सहयोग गर्ने गरेको छ ।
बुढिगंगा नगरपालिका ८ बस्ने निर्मला कुमाल गर्भवती भएको ५ महिना भयो । उनले तिन पटक आफ्‌नै वडामा निशुल्क अल्ट्रासाउन्ड र ल्याब सेवा लिएकी छन् । सदरमुकाम मार्तडी जान समय पनि लाग्ने पैसा खर्च हुने गरेको थियो, तर टोलमै निशुल्क सेवा पाइरहेको निर्मलाले वताईन् । जिल्ला अस्पताल पुग्न एकदिन र अल्ट्रासाउन्ड गरे बाफत ४ सय पैसा तिर्नुपर्ने हुन्छ । तर गाउँमै निशुल्क सेवा पाइरहेका छन् ।
अल्ट्रासाउन्ड सँगै रक्तअल्पता, ब्लोड सुगर, पिसाब जाँच लगायत ल्याब जाँच हुने गरेको छ ग्रिन तारामा कार्यरत अनमि तथा सामुदायिक नर्स बिस्ना गिरीले वताएकि छन् । सबै गर्भवतीको तथ्याङ्क राखेका हुन्छौ, वडामा पुगेर महिनाको एकपटक निशुल्क जाँच गरिरहेको गिरीले वताईन् । जोखिम महिलालाई अस्पतालमा पठाउने गरेका छन् । ग्रामिण क्षेत्रमा अल्ट्रासाउन्ड सेवा पुगाउदा मातृ शिशुको मृत्यु दरलाई शून्यमा झार्न मद्दत पुगेको उनले वताईन् । अल्ट्रासाउन्डको माध्यमबाट गर्भमा रहेको शिशुको अवस्था, तौल, गर्भको हप्ता, शिशुको वृद्धि विकास, प्लासेन्टको पोजिसन कस्तो छ त्यो हेर्न सकिने अनमि गिरीले वताईन् ।
गर्भमा रहेको शिशुको अवस्थाबारे अल्ट्रासाउन्डका माध्यमबाट सहजै पत्ता लाग्ने गर्दछ । जोखिमा रहेको गर्भबारे गर्भवती आमासँगै अभिभावकलाई समयमै जानकारी गराइने भएकाले आमा र शिशुको ज्यान जोगाउन सकिने टाँटे स्वास्थ्य चौकीमा कार्यरत अनमि मंगला बोहोराले वताईन् । विगतमा गर्भमा रहेको शिशुको अवस्था पत्ता नलाग्दा आमा र शिशुको ज्यान जाने गरेको थियो, अल्ट्रासाउन्ड सेवा सञ्चालनले गर्भवती आमालाई निकै सहयोग पुर्याएको उनले वताईन् ।
अल्ट्रासाउन्डका माध्यमबाट गर्भको जोखिमको पहिचान हुन्छ । “बच्चा गर्भाशयमा खेल्ने नखेल्नेबारे जानकारी हुन्छ, ‘एम्नियोटिक’ तरल पदार्थ कति छ भनेर हेर्न सकिन्छ, शिशुको मुटुको धड्कनबारे जानकारी हुन्छ ।” अल्ट्रासाउन्ड सेवा दुर्गम ग्रामीण क्षेत्रदेखि सुगमका बजार क्षेत्रसम्मका गर्भवतीसम्म पुगेकाले महिलाले यही सेवाका लागि बाह्य क्षेत्रमा खर्चनुपर्ने रकम जोगिएको छ ।
नेपाल सरकारले आमा सुरक्षा कार्यक्रम अर्न्तगत ग्रामिण अल्ट्रासाउन्ड कार्यक्रम शुरु गरेको छ । त्यहि कार्यक्रममालाइ सहयोग पुगोस भनेर ग्रिन तारा नेपालले बाजुराको बुढिगंगा र त्रिवेणी नगरपालिकामा गर्भवती जाँचमा सहयोग गरेको संस्थाको सिनेर कार्यक्रम ब्यवस्थापक सलिता गुरुङ्गले वताएकि छन् । सेवा सँगै स्वास्थ्यकर्मी टोल टोलमा पुगेर गर्भवती तथा सुत्केरी महिलालाई जनचेतना दिनमा सहयोग गरिरहेको गुरुङ्गले वताईन् ।
“पालो कुर्नुपर्ने अवस्था पनि छैन, यातायातका साधन खाज्दै हिँड्नु पनि परेको छैन, घरदैलोमै सेवा पाइँदा निकै सहज भएको छ” स्थानिय जौमति बुढाले वताईन् । बाजुराका अन्य स्थानिय तहमा पनि ग्रामिण अल्ट्रासाउन्ड मार्फत गर्भवती महिलाको निशुल्क चेकजाँच भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार