
बाजुरा– शिक्षक लाइसेन्स (निमावि) प्राप्त गर्न इच्छुक व्यक्तिहरूका लागि निःशुल्क तयारी कक्षा संचालन हुने भएको छ। उक्त कक्षा गौमुल गाउँपालिकाको आर्थिक सहयोग तथा स्ववियु बाजुरा क्याम्पसकाे सम्न्वयमा मार्तडीमा संचालन गर्न लागिएको हो। गाैमुल गाउँपालिका अध्यक्ष हरी बहादुर राेकायाले एक कार्यक्रमका बिच उद्धघाटन गरेका छन । बडिमालिका शैक्षिक केन्द्र मार्तडी, बाजुरामा कक्षा संचालन हुने गरी अध्यक्ष राेकायाले उद्धघाटन गरेकाे बाजुरा क्याम्पसका स्ववियु अध्यक्ष लक्ष्मण राेकायले जानकारी दिएका छन ।
पछिल्लो समय बेरोजगारि समस्या बिक्राल बन्दै गएको र यस्को दृर्घकालिन समाधानको लागि युवाहरूको दक्षता अभिबृद्दी गरि शिक्षक सेवा र लोक सेवा तयारी कक्षा सञ्चालन गरेर युवाहरूलाई सरकारी सेवामा प्रबेश गर्न सहयोग पुगौस भन्ने उद्देश्य सहित कक्षा सञ्चालन गर्न लागिएको गाैमुल गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले बताए ।
निःशुल्क तयारी कक्षामा शिक्षक सेवा आयोग र लोक सेवा आयोगको तयारी गरिरहेका, साथै बाजुरा क्याम्पसमा अध्ययनरत वा अध्ययन पूरा गरिसकेका गौमुलबासी विद्यार्थीहरू सहभागी हुन भइ सेवा लिन सकिने उदेस्यका साथ साे कार्यकाे थालनि गरिएकाे गाउँपालिकाले जनाएकाे छ । पालिकाका अनुसार, यस पहलले गाउँपालिकाबाट शिक्षक सेवा तथा लोक सेवा आयोगमा सहभागी हुने युवाहरूलाई गुणस्तरीय तयारीमा सहयोग पुग्ने र स्थानीय युवाको दक्षता अभिवृद्धि हुने विश्वास लिइएको छ।
