शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • बाजुराको प्याज नेपालगन्जमा अलपत्र

बाजुराको प्याज नेपालगन्जमा अलपत्र

  • सोमवार, कार्तिक २५, २०८२
बाजुराको प्याज नेपालगन्जमा अलपत्र

बाजुरा– बाजुराबाट बिक्रीका लागि लगिएको प्याज अहिले नेपालगन्जमा अलपत्र परेको छ । किसानहरूले खेतमा मेहनत गरी उत्पादन गरेको प्याजले बजार नपाएपछी नेपालगन्ज सहरमा अलपत्र परेको हो । देशको ठुलो सहरमा पनि प्याज विक्री हुन नसक्दा किसानहरु भने निराश भएका छन् । बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ बाउनीबाट करिब ८० क्विन्टल बढी प्याज डिविएस बुहुउद्देश्यीय कृषी तथा पशुपन्छी फर्म मार्फत ढुवानी गरि नेपालगन्ज लगिएको थियो ।

हाल भारतीय प्याज सस्तो दरमा बजारमा आइरहेकाले स्थानीय प्याजको बिक्री ठप्प भएको स्वामिकार्तिक–१ बाउनीका स्थानियले बताएका छन् । उनका अनुसार, “हामीले ठूलो खर्च गरेर प्याज ढुवानी गर्याै, तर बजार नपाएपछि घाटा बेहोर्नुपरेको छ।” व्यापारीहरूले पनि भारतबाट सस्तो रुपमा प्याज आउने भएका कारण स्थानियको प्याज नकिन्ने गरेको उनले जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार