
बाजुरा– राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान बाजुरा जिल्ला शाखाको नयाँ कार्यसमिति चयन गरिएको छ। जिल्लामा सम्पन्न छैटाैँ जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो। नवगठित कार्यसमितिको अध्यक्षमा कृष्ण मल्ल ठकुरी चयन भएका छन्।
त्यस्तै, सुरेन्द्र रोकाया पहिलो उपाध्यक्ष, रामचन्द्र बाेहरा उपाध्यक्ष, मानबहादुर रोकाया सचिव, बन्दना राेकाया कोषाध्यक्ष र लक्ष्मणा तिरुवा सह–सचिव चयन भएका छन्।
कार्यसमितिका सदस्यहरूमा राजेन्द्र विक, कल्पना विक, पुष्पा रावत, राजेन्द्र परि, लक्ष्मी विक, राजु बुढा (राइकला), देव बहरा, गणेश चौतारी र देवेन्द्र थापा रहेका छन्।
नवगठित समितिले बाजुरामा लोक तथा दोहोरी गीतको संरक्षण, प्रवर्द्धन र विकासका लागि विभिन्न कार्यक्रम संचालन गर्ने योजना सार्वजनिक गरेको छ। प्रतिष्ठानले जिल्लामा रहेका स्थानीय कलाकारहरूको प्रतिभा उजागर गर्न निरन्तर प्रयास गर्ने जनाएको छ।

