
काठमाडौं — सिर्जनशील मिडिया ग्रुपले आयोजना गरेको भेटघाट तथा रचना वाचन कार्यक्रम बुधबार राजधानीको शंखधरपार्क, रत्नपार्कमा सम्पन्न भएको छ। कार्यक्रममा समूहका सदस्यहरूबीच आपसी परिचय, साहित्यिक रचनाको वाचन तथा अनुभव आदानप्रदान गरिएको थियो। सहभागीहरूले साहित्यिक र सांस्कृतिक चेतना विस्तारका लागि समूहले खेलेको भूमिकाको प्रशंसा गरेका थिए।
कार्यक्रमको विशेष आकर्षणका रूपमा नेपाल आर्मीमा नियुक्त हुन सफल सिर्जनशील ग्रुप सदस्य सुजना पाण्डे लाई समूहले सम्मान गर्दै सफल भविष्यको शुभकामना व्यक्त गरेको थियो। त्यसैगरी, आदरणीय जनार्दन दाहाल र कृष्णजंग कुँवर प्रति पनि समूहले मिठो सम्झना र आभार व्यक्त गरेको थियो उहाँ हरु वैदेशिक रोजगार बाट फर्केर आउनु भएको थियो
रचना वाचन सत्रमा सहभागी कवि तथा लेखकहरूले आफ्ना सृजनाहरू प्रस्तुत गर्दै साहित्यले समाजमा चेतना र एकता जगाउने सन्देश दिएको बताए। कार्यक्रमको अन्त्यमा सदस्यहरूले “सम्झनाको मिठो पल” साझा गर्दै सामूहिक तस्बिरसहित कार्यक्रमलाई स्मरणीय बनाएका थिए।
