शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • हुम्लाको छत्रपाल आधारभूत विद्यालयमा आगलागी

हुम्लाको छत्रपाल आधारभूत विद्यालयमा आगलागी

  • बिहिबार, कार्तिक २१, २०८२
हुम्लाको छत्रपाल आधारभूत विद्यालयमा आगलागी

हुम्लाको अदानचुली गाउँपालिकास्थित छत्रपाल आधारभूत विद्यालय आगलागी भएको छ । बुधबार राति ८ बजे माथिल्लो तलाको झ्यालबाट आगलागी सुरू भएको थियो । अगालागी भएको विद्यालयको भवन पूर्ण रुपमा जलेर नष्ट भएको छ । विद्यालयको मूल गेटमा रहेको भवनमा अफिस कोठासमेत थियो ।

कार्यालय भवनमा आगालागी हुँदा विद्यायमा रहेका सम्पूर्ण कागजात जलेर नष्ट भएका छन् । सोलार एक सेट, २ थान ल्यापटप, २ थान डेस्टप, २ वटा प्रिन्टर, २ वटा दराजलगायतका सामान नष्ट भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी शंकर पोखरेलले क्षति थप विवरण आउन बाँकी रहेको बताए ।

चर्चामा

सम्बन्धित समाचार