शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • कोशी प्रदेश
  • आजको मौसम पूर्वानुमान : देशभर वर्षा, बाढी, पहिरो र डुबानाको जोखिम कायमै

आजको मौसम पूर्वानुमान : देशभर वर्षा, बाढी, पहिरो र डुबानाको जोखिम कायमै

  • आइतवार, अशोज १९, २०८२
आजको मौसम पूर्वानुमान : देशभर वर्षा, बाढी, पहिरो र डुबानाको जोखिम कायमै

हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेस प्रदेशका अधिकांश स्थामा पूर्ण बदली रही बागमती, लुम्बिनी प्रदेशमा साधारणतया बदली र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ।

कोशी र मधेस प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा जारी मौसम बुलेटिनमा उल्लेख छ। साथै कोशी र मधेस प्रदेशका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

महाशाखाका अनुसार आइतबार कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ।

कोशी, मधेस, बागमती प्रदेशलगायत देशका पहाडी भू-भागका केही स्थान र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षा सम्भावना रहेको महाशाखाले जनाएको छ।

चर्चामा

सम्बन्धित समाचार