
बाजुरा– बाजुराको सदरमुकाम मार्तडीमा आज बिहान ११ बजेदेखि अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालय बाजुराले एक विज्ञप्ति जारी गर्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ बमोजिम कर्फ्यु आदेश लागू गरिएको जनाएकाे हो ।
प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पाैडेलले हस्ताक्षर गरेको आदेशपत्रमा ४ किल्ला निधारण गरी कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ । जसमा पुर्वमा मालिका मन्दिर, पश्चिममा कारागार माेड, उत्तरमा जिल्ला अस्पताल पछाडी र दक्षिणमा निर्माणाधिन बसपार्क ताेकीएकाे छ ।
कर्फ्यु आदेश जारी भएपछि मार्तडी बजार क्षेत्रभित्र जमघट, जुलुस, प्रदर्शन, सभा, बैठक, धर्ना जस्ता गतिविधि पूर्णतया निषेध गरिएको प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
यद्यपि, कर्फ्यु अवधिमा अत्यावश्यक सेवासँग सम्बन्धित सवारी साधन (जस्तै एम्बुलेन्स र शववाहन) आवतजावतमा भने कुनै रोक नहुने तथा सहज बनाउन सुरक्षा निकायकाे सहयोगमा सहजिकरण गरिने जिल्ला प्रशासन कार्यालय बाजुराले प्रशान गरेकाे सार्बजनिक सुचनामा उल्लेख गरेकाे छ ।
