
बाजुरा— बाजुराको हिमाली गाउँपालिका १ मा आएको बाढिलले ७ करोड बढीको क्षेती पुर्याएको छ । साउन २८ गते साझँ बिच्छ्याको बामुखोलाको पाटनबाट आएको बाढीले ७ करोड १३ लाख बराबरको क्षेती गरेको हो । विभिन्न पूर्वाधार तथा योजना र ब्यक्तीगत घर र खेतीयोग्य जमिन गरि ७ करोड १३ लाख बराबरको क्षेती भएको हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताएका छन । हिमाली गाउँपालिकाले सार्वजनिक गरेको क्षेती विवरण अनुसार योजनाहरूमा ऊर्जा, सडक पूर्वाधार, आवास लगायतका क्षेत्रमा नोक्सानी गरेको जनाएको छ ।
हिमाली गाउँपालिका ५ मा ४ ओटा सिचाई कुलो र खेतियोग्य जमिनमा क्षती पुगेको तथ्याकं रहेको छ । जसमा गोली सिचाई कुलो, बिउरी सिचाई कुलो, रिठा सिचाईँ कुलो, दुल्या सिचाई कुलो रहेका छन । त्यसै गरी वडा न ५ मा १६ घर र वडा न १ मा १२ घर गरि २८ घरहरु पूर्णरुपमा क्षेती भएका छन भने वडा न ५ मा २७ र वडा न १ मा ११ गरि ३८ घर आंशिक क्षेती भएको गाउँपालिकाले जनाएको छ । त्यसै गरि कुवाडी लघुजलबिधुत आयोजना समेत बगाएको गाउँपालिकाको तथ्याकंमा रहेको छ । ७० बाख्रा समेत बाढीले बगाएर क्षेति पुगाएको छ । त्यस्तै वडा नम्वर १ मा ८ सय ४५ पाथी र वडा नम्वर ५ मा १ हजार ७ सय ५० पाथी खेतीयोग्य जमिन समेत बगाएको छ । खेतियोग्य जमिन संगै पाक्नै थालेको धान कोदो बाली समेत बगाएको गाउँपालिकाले जनाएको छ । सवै गरी ७ करोड १३ लाख बराबरको क्षेती भएको गाउँपालिकाले सार्वजनिक गरेको छ ।
बाढीले कुवाडी जलविद्युत् आयोजना बगाएपछी त्यहाँका स्थानिय अध्यारोमा बस्न बाध्य भएका छन । बिधुत्त परियोजनाको मात्र करिब २ करोड ७५ लाख बराबरको क्षती भएको गाउँपालिकाको तथ्यकंमा रहेको छ ।
गाउपालिका र प्रहरीको प्रतिबेदनका आधारमा भदौ ९ गते बसेको जिल्ला बिपद ब्यबस्थापन समितिमा राहातको माग सहित पेश गरिएको छ । जिल्ला बिपद ब्यवस्थापन समितिको बैठकले क्षेतिको बिबरण सहित संघ प्रदेश सरकारलाई राहत मागका लागि निर्णय गरेर पठाएकको छ ।
