शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

  • बुधबार, साउन २२, २०८२
पहिरोले अवरुद्ध कर्णाली राजमार्ग खुल्यो

पहिरोले अवरुद्ध कर्णाली राजमार्ग सञ्चालनमा आएको छ । लेदोसहितको पहिरोले सोमबार बेलुकी ७ बजेदेखि अवरुद्ध कर्णाली राजमार्गअन्तर्गतको सडकखण्ड आज साँझदेखि सञ्चालनमा आएको हो ।

कालीकोटको गगने खोलामा आएको पहिरोले बन्द भएको सडक सञ्चालनमा आएको सडक डिभिजन कार्यालय जुम्ला प्रमुख दीपेन्द्रकुमार चौधरीले जानकारी दिए ।

सडक खुलेपछि कर्णाली करिडोर र राजमार्ग हुँदै कालीकोट, जुम्ला, मुगु, बाजुरा हुँदै हुम्ला आउजाउ गर्न रोकिएका गाडी गन्तव्यतर्फ लागेका सडक डिभिजन कार्यालय जुम्लाले जनाएको छ । गगने खोला कर्णाली राजमार्गको सबैभन्दा जोखिम र पहिरो गइरहने स्थान हो ।

चर्चामा

सम्बन्धित समाचार