शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • खुल्ने अवस्थामा छैन् मार्तडी—कोल्टी सडकखण्ड, कष्टपूर्ण यात्रा गर्न बाध्य नागरिकहरु

खुल्ने अवस्थामा छैन् मार्तडी—कोल्टी सडकखण्ड, कष्टपूर्ण यात्रा गर्न बाध्य नागरिकहरु

  • मङ्लबार, साउन १४, २०८२
खुल्ने अवस्थामा छैन् मार्तडी—कोल्टी सडकखण्ड, कष्टपूर्ण यात्रा गर्न बाध्य नागरिकहरु

बाजुरा—बाजुराको मार्तडी–कोल्टी सडकखण्ड एक महिनादेखि अवरुद्ध छ । २०८२ असार दोस्रो हप्तादेखि अवरुद्ध भएको सडकखण्ड हालसम्म खुल्न सकेको छैन् ।

सदरमुकामबाट जिल्लाको पूर्वीउत्तरी भेग जोड्ने सडकखण्ड बर्षात सुरु भएसँगै अवरुद्ध भएको हो । मार्तडी–कोल्टी सडकखण्डका विभिन्न स्थानमा पहिरो तथा खोलामा पानीको बहाव बढेसँगै सडक पूर्ण रुपमा अवरुद्ध भएको स्थानीयहरुले बताएका छन् ।

सडकखण्ड हरेक बर्षको बर्षातमा करिव ४ महिना पूर्ण रुपमा अवरुद्ध हुदैँ आएको छ । विगतका बर्षमा पनि असार लाग्ने वित्तिकै अवरुद्ध हुने गरेको मार्तडी कोल्टी सडकखण्ड असोज मसान्तमा गएर मात्रै सुचारु हुने गरेको छ ।

स्थानीयका अनुसार अहिले सडकखण्डको बडीमालिका ७ को जिल्ली, रजातोली र ढम्कने भासुपातलमा पहिरो खसेपछि पूर्ण रुपमा अवरुद्ध अवस्थामा छ । त्यस्तै बाउली, रजातोली, दानसाँघु लगायतका खोलामा पुल नहुँदा पनि थप समस्या भएको छ । सडक अवरुद्ध हुँदा यात्रुहरुले कतै गाडीमा त कतै पदैल गरेर कष्टपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ भने सामान ढुवानीमा समेत समस्या भएको स्थानीयहरुले गुनासो गरेका छन् ।

मार्तडी नजिकै बाउली खोलामा बर्षौदेखि पुल निर्माण कार्य अलपत्र छ भने अनाई खोलामा बनेको पुल समेत सञ्चालनमा आएको छैन् । ठाउँठाउँमा पहिरो र खोलाले सडकखण्ड अवरुद्ध भएपछि सवारी साधनहरु थन्किएका छन्, आवतजावत नै ठप्प भएको छ । अहिले यात्रुहरुले मार्तडी देखि कोल्टीसम्म पुग्न ४/५ वटा गाडी फेरेर जानुपर्ने बाध्यता रहेको छ ।

कहिले खुल्छ सडकखण्ड?

मार्तडी—कोल्टी सडक हरेक बर्षको बर्षातका ४ महिना पूर्ण रुपमा अवरुद्ध हुन्छ । सडकखण्डका विभिन्न स्थानमा पहिरो र खोलाले यातायात सेवा ठप्प छ । २०८१ पुस २६ गते सदरमुकाम मार्तडी देखि कोल्टीसम्म बस सेवा समेत सुचारु गरिएको थियो । लामो समयदेखि महंगो भाडा तिरेर मार्तडी कोल्टीसम्मको कष्टपूर्ण यात्रा गरिरहेका पूर्वीउत्तर भेगका नागरिकहरु बस सेवा सुचारु भएसँगै खुसी थिए । नागरिकले यसको निरन्तरता पाउने आशा गरे र सम्बन्धित निकायले पनि त्यहीँ विश्वास दिलायो । तर “व्यवस्था फेरियो, अवस्था उहीँ भने झै नागरिकका दु्‌ःख जस्ताका तेस्तै छ ।” बर्षात अथवा असार महिना लाग्ने वित्तिकै सडकखण्ड अवरुद्ध भयो । सडक अवरुद्ध भएको एक महिना बितिसक्दा पनि खोल्ने अहिलेसम्म कुनै सुरसार छैन् भने सम्बन्धित निकायलाई समेत वास्ता छैन् ।

मार्तडी–कोल्टी सडकखण्ड सिलान्यास भएको झण्डै २७ बर्ष पुग्दा पनि स्तरोन्नति हुन सकेको छैन् । प्रदेश सरकारको बहुबर्षीय योजनामा रहेको उक्त सडकखण्ड स्तरोन्नति तथा कालोपत्रेमा ढिलासुस्ती हुँदा बर्षातमा यात्रुहरुले सास्ती खेप्दै आएका छन् ।

बाजुराका प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले तत्काल सडकखण्ड सुचारु गर्न सम्बन्धित निकायलाई पटकपटक ताकेता गरे पनि अहिलेसम्म काम नगरेको बताएका छन् । उनका अनु्‌सार अवरुद्ध सडक खण्डको पहिरो हटाएर सडक सुचारु गर्न बडीमालिका नगरपालिका र पुर्वाधार विकास कार्यालयविच सम्झौता भएको थियो । उक्त सम्झौतामा नगरपालिकाको डोजरले सडकको पहिरो हटाउने र बजेट सम्बन्धित निकाय सडक पूर्वाधार कार्यालयले भुक्तानी गर्ने भए पनि त्यो अहिलेसम्म कार्यान्वयन नभएको प्रमुख जिल्ला अधिकारी पाध्याको भनाई छ । उनले भने,“कानुनमा सम्बन्धित स्थानीय तहले समन्वय गर्ने, ठेकेदारले अवरुद्ध सडक खुलाउने काम गर्ने र सम्बन्धित कार्यालयले त्यसप्रति उत्तरदायी हुने भन्ने व्यवस्था भएपनि तिनीहरुले आफ्‌नो जिम्मेवारी पूरा नगरेको अवस्था छ ।” त्यस्तै सडक सुचारु गर्न ताकेता गरेपनि सम्बन्धित निकायले काम नगरी दिँदा अब तत्काल सडक खुल्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी पाध्याले बताएका छन् ।

स्रोतका अनुसार बडीमालिका नगरपालिका आफ्‌नो डोजर सानो भयो भन्ने बाहना गर्दै सडक सुचारु गर्ने बिषयबाट पछाडि हटेको पाईएको छ । भने पुर्वाधार विकास कार्यालयले न त्यसमा चासो दिएको छ नत उपायको अर्को विकल्प नै खाेज्न सकेको छ ।

मार्तडी कोल्टी सडक विस्तार गर्न जिम्मा लिएको ठेकेदार कम्पनीको चरम लापरबाहीले सडक अलपत्र अवस्थामा छ भने सम्बन्धित निकायले पनि त्यसको निरीक्षण र नियमन गर्न सकेको देखिदैन् । नागरिकको आधारभूत आवश्यकतासँग जोडिएको यातायात सेवा राज्यका निकायबाटै वेवास्ता भएको स्थानियको दुखेसो रहेको छ ।

उनीहरुले हरेक बर्षातमा यातायातबाट वञ्चित हुनुपर्ने अवस्था छ भने पैदल यात्रा समेत कष्टपूर्ण हुने गरेको छ । हरेक बर्ष बर्षातमा ४ महिना पूर्ण रुपमा सडकखण्ड अवरुद्ध हुदैँ आए पनि यस समस्याको दिगो समाधानका लागि सम्बन्धित निकाय र नेतृत्व बेखबर बनेको स्थानीयहरुको आरोप छ ।

चर्चामा

सम्बन्धित समाचार