शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • देश
  • प्रधानमन्त्री ओली आज सुख्खाग्रस्त मधेस जाँदै

प्रधानमन्त्री ओली आज सुख्खाग्रस्त मधेस जाँदै

  • शुक्रबार, साउन १०, २०८२
प्रधानमन्त्री ओली आज सुख्खाग्रस्त मधेस जाँदै

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली सुख्खाग्रस्त मधेस प्रदेशका बारा र पर्सा जान लागेका छन्। आज बिहान १०.३० बजे काठमाडौंबाट महोत्तरीको मटिहानी नगरपालिकातर्फ प्रस्थान गर्न लागेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीले नगरपालिकाको विग्ही नदीमा बनेको पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्रीको साथमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि सो कार्यक्रममा सहभागी हुने प्रधानमन्त्री कार्यालयले जनाएको छ।

यसैगरी नगरपालिकामा निर्माण भएको प्रसूति गृहको उद्घाटन र त्यहाँ आयोजित सभालाई प्रधानमन्त्रीले मध्यान्ह १२ बजे सम्बोधन गर्ने कार्यतालिका छ।

प्रधानमन्त्री ओलीले आजै दिउँसो १.४० बजे जनकपुर- कुर्था – सम्सी सडक खण्डको रौजास्थित रातुखोला पुलको उद्घाटन गर्ने कार्यक्रम छ। दिउँसो २ बजे बाराको परवानीपुर गाउँपालिकाको नवर्मित प्रशासकीय भवन उद्घाटन र त्यहाँ आयोजित सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री दिउँसो ३ बजे काठमाडौं फर्कने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

प्रधानमन्त्री ओलीले सुख्खाग्रस्त मधेसको स्थलगत निरीक्षण र मधेसका किसानसँग भेटघाट गरेर उनीहरुका समस्या सुन्ने कार्यक्रम रहेको छ। ‘आज महोत्तरी र बारा जाँदैछु। तराई मधेशमा लागेको सुख्खाले साउनको पहिलो सातासम्म पनि धान रोपाँइ हुन सकेको छैन। त्यहाँका वस्तुस्थिति हेरौं र स्थानीय किसानका कुरा सुनौं भन्ने लागेको छ।’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन्, ‘आज बारा र महोत्तरीका दिदीबहिनी दाजुभाइहरूसँग भेट हुने छ।’

चर्चामा

सम्बन्धित समाचार