शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • कर्णालीमा भोलि सार्वजनिक बिदा

कर्णालीमा भोलि सार्वजनिक बिदा

  • बुधबार, साउन १, २०८२
कर्णालीमा भोलि सार्वजनिक बिदा

सुर्खेत— कर्णाली प्रदेश सरकारले साउन १ गतेको सङ्क्रान्ति तथा देउडा पर्वका अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै भदौ १ गते बिहीबार परेको पर्वका कारण प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक संघसंस्थामा सार्वजनिक बिदा लागु हुने जनाएको छ ।

२०७९ साल माघ १५ गतेको कर्णाली प्रदेश मन्त्रिपरिषद्को निर्णय अनुसार सो दिन सार्वजनिक बिदा दिने निर्णय भएको मन्त्रालयद्वारा जारी सूचनामा उल्लेख छ ।

मन्त्रालयका प्रवक्ता तथा उपसचिव उत्तम गौतमद्वारा हस्ताक्षरित सूचनामा बिदा सम्बन्धी जानकारीका लागि सूचना प्रकाशित गरिएको जनाइएको छ ।

चर्चामा

सम्बन्धित समाचार