शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • गौमुल र स्वामिकार्तिक गाउँपालिकाद्धारा करार कर्मचारीलाई हाजिर नगर्न आग्रह

गौमुल र स्वामिकार्तिक गाउँपालिकाद्धारा करार कर्मचारीलाई हाजिर नगर्न आग्रह

  • सोमवार, असार ३०, २०८२
गौमुल र स्वामिकार्तिक गाउँपालिकाद्धारा करार कर्मचारीलाई हाजिर नगर्न आग्रह

बाजुरा– बाजुराका गौमुल र स्वामिकार्तिक खापर गाउँपालिकाले  करार कर्मचारीलाई हाजिर नगर्न आग्रह गरेको छन् । आइतवार गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै सबै वडा कार्यालय, स्वास्थ्य संस्थालाई यस्तो आग्रह गरेको हो । हालै सुदूरपश्चिम प्रदेश स्थानीय सेवा गठन तथा सञ्चालन ऐन, २०८१ लागू भएपछि अहिले स्थानीय तहहरु धमाधम सूचना जारी गरी रहेका छन् ।

त्यस्तै गाउँपालिकाहरुले उक्त ऐन बमोजिम करार वा ज्यालादारीमा नियक्त गर्न नपाइने र अति आवश्यक भएमा स्वीकृत दरबन्दीमा कानुन बमोजिम गर्ने उल्लेख भएको जनाएको छ । त्यसैगरी, गाउँपालिकाहरुले ऐन अनुसार सहमति नहुन्जेलसम्म आगामी साउन १ गतेदेखि करारका कर्मचारीलाई हाजिर नगर्न आग्रह गरेको छ ।

गाउँपालिका र नेपाल सरकारको साझेदारीमा सञ्चालित कार्यक्रम बाहेकका करार कर्मचारीहरुलाई नगर्न/ नगराउन अनुरोध गरेको सूचनामा उल्लेख छ । त्यस्तै कोही कसैले हाजिर गरे वा गराएको पाइएमा स्वयम् जिम्मेवार हुने समेत जानकारी दिएको छ ।
No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार