सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • सुचना प्रबिधी
  • आइफोन १७ मा अझ ठुलो डिस्प्ले हुने

आइफोन १७ मा अझ ठुलो डिस्प्ले हुने

  • सोमवार, असार २३, २०८२
आइफोन १७ मा अझ ठुलो डिस्प्ले हुने

एप्पलको बेस आइफोन १७ को मोडलमा आइफोन १६ को भन्दा ठुलो डिस्प्ले हुन सक्ने बताइएको छ । चिनियाँ माइक्रो ब्लगिङ वेबसाइट वेइपोमा सेयर गरिएको ट्रिप्स्टर डिटेलले यस्तो बताएको हो । वेइपोमा आएको ट्रिपस्टर डिजिटल च्याट स्टेशनका अनुसार आइफोन १७ मा ६.३ इञ्चको डिस्प्ले हुनेछ । गएको वर्ष एप्पलले आइफोन १६ को डिस्प्लेको आकार बढाएर ६.३ इञ्च पुर्‍याएको थियो ।

अहिलेसम्म प्रो बाहेकका आइफोन १६ र आइफोन १६ प्लसमा ६० हर्जको मात्रै रिफ्रेश रेट थियो । तर, आइफोन १७ मा १२० हर्जको एलटीपीओ ओएलईडी डिस्प्ले हुन सक्ने बताइएको छ । यसले स्क्रोलिंग, एनिमेसन आदिलाई झनै राम्रो बनाउनेछ । रिफ्रेस रेट बढेपछि अल्वेज अन डिस्प्ले र एडाप्टिभ रिफ्रेश रेट जस्ता सुविधा भने प्रो मोडेलमा मात्रै सीमित हुनेछ । एप्पल अझै पनि प्रो मोडल र यस बाहिरका मोडेलबिच केही सुविधामा अन्तर कायम राख्न चाहिरहेको छ ।

आइफोन १७ र आइफोन १७ एयरमा सामसङको पछि एम१४ ओएलईडी प्यानलको प्रयोग हुनेछ । यही प्यान आइफोन १६ प्रो र प्रो म्याक्समा प्रयोग भइरहेको छ । यस प्यानलमा ब्राइटनेश धेरै हुन्छ, ब्याट्रीको खपत कम र स्क्रिनको लाइफ राम्रो हुने बताइएको छ ।

चर्चामा

सम्बन्धित समाचार