शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बाम्का आगलागी पीडितका नेपाल—भारत मैत्री संघको सहयोग

बाम्का आगलागी पीडितका नेपाल—भारत मैत्री संघको सहयोग

  • बुधबार, असार १८, २०८२
बाम्का आगलागी पीडितका नेपाल—भारत मैत्री संघको सहयोग

बाजुरा–बाजुराको बाम्का बजारका आगलागी पीडितका लागि नेपाल—भारत मैत्री संघले सहयोग गरेको छ । काँग्रेस नेता सुमन केसीको समन्वयमा पिडितलाइ सहयोग भएको हो ।
आगलागि पिडितलाई ४० बोरा चामल, ४० वटा पाल, ४० वटा बल्याङकेट, दाल, चिनि, साबुन सहयोग गरिएको हो । बुढिगंगा नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष भुवन सिं केसीले पिडितलाइ हस्तान्तरण गरेको स्थानिय दिलिप केसिले वताएका छन् । राहत सामाग्रि काँग्रेस नेता सुमन केसीले पहल तथा समन्वयमा आएको थियो ।
आगालागि पिडितलाइ हालसम्म एक करोड सहयोग भएको छ । २०८२ जेठ २३ गते दिउँसो भएको भीषण आगलगीबाट पीडितका लागि विभिन्न व्यक्ति तथा संस्थाबाट राहत सामग्री तथा आर्थिक सहित एक करोड सहयोग भएको हो ।
बुढीगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँको संयोजकत्वमा बनेको राहत संकलन तथा व्यवस्थापन समितिका अनुसार हालसम्म ८३ लाख ६९ हजार ६ सय १७ रुपैया आर्थिक सहयोग भएको छ । जसमा बैंकमार्फत ६६ लाख २७ हजार ६ सय ३२ रुपैयाँ, नगद हस्तान्तरण १४ लाख ४० हजार ९ सय ८५, घोषणा भई बाँकी रहेको २ लाख ११ हजार र समितिमा नगद प्राप्त ९० हजार सहयोग भएको छ ।
बाम्का बजारका आगलागी पीडितहरुका लागि अहिले पनि विभिन्न निकाय तथा व्यक्तिबाट राहत संकलन भइरहेको छ । आगलागीबाट ध्वस्त भएको बाम्का बजारलाई पुरानै स्वरुपमा ल्याउन धमाधम टहरा निर्माण कार्य समेत अन्तिम चरणमा पुगेको जनाएको छ ।
२०८२ जेठ २३ गते शुक्रवार बाम्का बजारमा रहेको नवदुर्गा होटलमा सिलिण्डर ग्यास पड्किएर आगलागी भएको थियो । उक्त भीषण आगलागीबाट करिब एक दर्जन बढी पसल पूर्ण रुपमा जलेर नष्ट भएका छन केहीमा आंशिक क्षति भएको छ ।

चर्चामा

सम्बन्धित समाचार