
बाजुरा—माध्यमिक शिक्षा परीक्षा (एसईई) मा बाजुराको बडीमालिका नगरपालिकाका ९ ओटा मावि मध्ये मालिका माध्यमिक विद्यालयको नतिजा उत्कृष्ट देखिएको छ ।
एसईई २०८१ को नतिजा अनुसार मालिका माध्यमिक विद्यालयबाट सबै भन्दा बढी विद्यार्थी उत्तीर्ण भएका छन् । मालिका माविबाट एसईईमा सहभागी १ सय ७४ जना मध्ये १ सय ५२ जना उत्तीर्ण भएका छन् । त्यस्तै सो विद्यालयका १३ जना विद्यार्थीहरुले ए प्लस ग्रेड ल्याएका छन् ।
त्यसैरी, बडीमालिकामा संस्थागत तर्फ प्रथम क्रेटर जोन एकेडेमी रहेको छ । सो विद्यालयले विद्यार्थीको अनुपातमा सत प्रतिशत नतिजा हासिल गरेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी संख्याको आधारमा मालिका मावि पहिलो भएको छ ।
त्यसैगरी, बडीमालिका नगरपालिका भित्रका ३ ओटा सामुदायिक विद्यालयहरुको नतिजा शुन्य देखिएको छ । जसमा बडीमालिका नगरपालिका ६ मा रहेको नेपाल राष्ट्रिय मावि, वडा नम्बर ७ को लक्ष्मी मावि र ज्ञानोदय मावि रहेका छन् । ती विद्यालयबाट एसईईमा सहभागी कुनै पनि विद्यार्थीहरु उत्तीर्ण भएका छैनन् ।
त्यस्तै वडा नम्बर ३ मा रहेको चोयाकोट माविमा २ जना विद्यार्थी उत्तीर्ण भएको जनाएको छ ।
त्यस्तै, जाल्पा माबिमा १७ जनामा ११ जना, सत्यबादी माविमा ११ जनामा ६ जना र कैलाशेश्वरी माविमा ४ जनामा ३ जना उत्तीर्ण भएका छन् ।
