
बाजुरा—कर्णाली करिडोर अन्तर्गत सुर्खेत– जुम्ला सडक अवरुद्ध भएको छ । शुक्रवार रातिको अविरल बर्षाले ठाउँठाउँमा पहिरो गएपछि सडक अवरुद्ध भएको हो ।
बाजुराको जगन्नाथ गाउँपालिका ३ सिमलगौरा स्थित कर्णाली करिडोरमा अबिरल बर्षाका कारण सडक अबरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडक अवरुद्ध भएपछि शनिवार बिहानदेखि यातायात सेवा बन्द भएको छ ।
प्रहरीका अनुसार अहिले सो स्थानमा प्रहरीको टोली समेत पुगिसकेको छ । त्यस्तै अवरुद्ध सडक खुलाउन स्थानिय निकायसंग पहल भइरहेको प्रहरीले जनाएको छ ।
