शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

  • सोमवार, असार ९, २०८२
प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतविरुद्ध मुद्दा दायर

काठमाडौँ —अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसमेत तीनजना विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

अस्पतालको बिलिङ काउन्टरमा उठेको रकम बैङ्क दाखिला नगरी अनधिकृत रुपमा हिनामिना गरेको अभियोगमा आयोगले प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृत शङ्करप्रसाद सुवेदी, करारमा कार्यरत तृप्ती शाही ठकुरी भन्ने तृप्ती शाहीविरुद्ध रु २५ लाख ६७ हजार ५२६ बराबरको बिगो माग दाबी गरिएको छ ।

यसैगरी, अस्पतालमा रहेको कुमारी बैङ्कका एक्स्टेन्सन काउन्टरको तत्कालीन इञ्चार्ज गोमा सिँजाली मगरविरुद्ध पनि समान बिगो माग दाबी गरिएको आयोगले जनाएकाे छ।

चर्चामा

सम्बन्धित समाचार