शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • बुढीगंगा
  • भानोदया मा.वि.मा विज्ञान तथा गणित प्रदर्शनी सम्पन्न

भानोदया मा.वि.मा विज्ञान तथा गणित प्रदर्शनी सम्पन्न

छ वटा विद्यालयको सहभागिता, भानोदया प्रथम

  • मङ्लबार, असार ३, २०८२
भानोदया मा.वि.मा विज्ञान तथा गणित प्रदर्शनी सम्पन्न

 गौरब विष्ट/बाजुरा– बुढिगंगा नगरपालिकामा रहेकाे भानोदया माध्यमिक विद्यालयमा आयोजना गरिएको विज्ञान तथा गणित प्रदर्शनी सम्पन्न भएको छ। ज्ञान, सिर्जनशीलता र प्रयोगात्मक क्षमताको अभिव्यक्तिका रूपमा सम्पन्न उक्त प्रदर्शनीमा छ वटा विद्यालयहरूको सहभागिता रहेको थियो।

प्रतिस्पर्धात्मक रूपमा आयोजित प्रदर्शनीमा भानोदया मा.वि.ले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेकाे छ। क्रेटर जोन एकेडेमी दोस्रो र थुमा माध्यमिक विद्यालय तेस्रो स्थान हासिल गरेका छन। अन्य सहभागी विद्यालयहरूमा पशुपति माध्यमिक विद्यालय, बडिमालिका माध्यमिक विद्यालय, र तोली देवल डाँडा माध्यमिक विद्यालय रहेका थिए।

प्रदर्शनीमा सहभागी विद्यार्थीहरूले ऊर्जा उत्पादन, वातावरणीय सन्तुलन, प्राकृतिक स्रोतको उपयोग, गणितीय अवधारणाहरूको सरल प्रस्तुति, तथा वैज्ञानिक यन्त्रहरूको नमुना प्रयोग जस्ता विषयवस्तुमा आधारित मोडेलहरू प्रस्तुत गरेका थिए। यी बालसुलभ र नवप्रवर्तनशील प्रस्तुतीकरणहरूले उपस्थित दर्शकहरूलाई अत्यन्त प्रभावित तुल्याएका थिए।
कर्यक्रममा भानोदय माबिका  विद्यार्थीले बनाएको डिजिटल पानस बल्दै कर्यक्रमको उद्घाटन गरिएकाे थियाे । कार्यक्रममा प्रमुख अतिथिको रूपमा बुढीगंगा नगरपालिकाका नगरप्रमुख  राम बहादुर बानियाँ रहेका थिए । त्यसै गरि विशिष्ट अतिथिका रूपमा नगर उप–प्रमुख माया कुवर खड्का रहेकाे कार्यक्रमकाे अध्यक्षता विद्यालय व्यवस्थापन समिति अध्यक्ष हिक्मत बहादुर थापाले गरेका थिए । कार्यक्रममा  जिल्ला समन्वय समितिका सदस्य हिक्मत थापालगायत अन्य जनप्रतिनिधि, शिक्षक, अभिभावक, समाजसेवी तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

बिद्यालय व्यवस्थान समितिका अध्यक्ष हिक्मत वहादुर थापाले विज्ञान तथा गणितजस्ता व्यवहारिक विषयहरू विद्यार्थीहरूको प्रस्तुतिबाट देख्न पाउनु गौरवको विषय भएको बताउँदै, आगामी दिनमा अझ ठूलो र जिल्लाव्यापी स्तरमा यस्ता प्रदर्शनीहरू आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन ।

स्थानीय शैक्षिक वातावरणलाई जीवन्त बनाउने, विद्यार्थीहरूमा वैज्ञानिक सोच, अनुसन्धान र आविष्कारप्रति अभिरुचि जगाउने उद्देश्यले आयोजना गरिएको यस्तो प्रदर्शनीले भावी पुस्तामा नवप्रवर्तनशील दृष्टिकोणको विकास गर्ने अपेक्षा आयोजकहरूले गरेका छन्।

चर्चामा

सम्बन्धित समाचार