शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • समाज
  • बाम्का बजारका आग्नीपीडितलाई स्वामीकार्तिकको १ लाख एक हजार सहयोग

बाम्का बजारका आग्नीपीडितलाई स्वामीकार्तिकको १ लाख एक हजार सहयोग

  • आइतवार, जेष्ठ २६, २०८२
बाम्का बजारका आग्नीपीडितलाई स्वामीकार्तिकको १ लाख एक हजार सहयोग

बाजुरा—बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाले बाम्का बजारका आग्नीपीडितहरुका लागि आर्थिक सहयोग गरेको छ । गाउँपालिकाले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै उक्त आगलागीबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै आर्थिक सहयोग गरेको जनाएको छ ।

गाउँपालिका अध्यक्ष भरत बहादुर रोकायाले यस संकटको घडीमा पीडितलाई राहत तथा पुनःनिर्माणका लागि पालिकाले राहत स्वरुप १ लाख एक हजार रुपैयाँ सहयोग गरेको जानकारी दिए ।

त्यस्तै निमित्त प्रमुख प्रशासकीय अधिकृत पारस बहादुर शाहीले यस दुखद् घटनाले व्यवसायीहरुको जीविकोपार्जनमा गम्भिर असर परेको बताए । त्यस्तै उनले आगलागीबाट पीडितहरुको तत्काल राहत, पुनःस्थापनाका लागि पालिकाबाट तीनै तहका सरकारसँग आग्रह गरिएको बताए ।

चर्चामा

सम्बन्धित समाचार