शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • कला /साहित्य
  • हाल सोध्नेहरू पनि त त्यो वेला कहाँ सोध्छन्

हाल सोध्नेहरू पनि त त्यो वेला कहाँ सोध्छन्

  • मङ्लबार, जेष्ठ १४, २०८२
हाल सोध्नेहरू पनि त त्यो वेला कहाँ सोध्छन्

हाल सोध्नेहरू पनि त त्यो वेला कहाँ सोध्छन्,
जुनवेला आफुलाइ हुन्छ झमेला कहाँ सोध्छन्।

घाइते भएपछि बल्ल ऊ गुलदस्ता लिएर आयो,
लडिरहेको वेला मित्रहरू अकेला कहाँ सोध्छन्।

भुँइको टिप्दा खोल्टीको खसेपछि नै थाहा भयो,
त्योपनि त परेछ दुश्मनको फेला कहाँ सोध्छन्।

देखिन अचेल काम गर्नेहरूलाई कसैले सोधेको,
अल्छिहरूको नै हुन्छ दिनौँ भेला कहाँ सोध्छन्।

यो पुँजि प्रधान समाजमा तिमिले दुःख नदेखाए,
पैसा छ भने हायहाय न भए धेला कहाँ सोध्छन्।

ताकत,पैसा पद वा नेताकै चम्चा अचेल छ यस्तै,
सोजा इमानदारलाई त गर्छन् हेला कहाँ सोध्छन्।

चर्चामा

सम्बन्धित समाचार