शुक्रबार, मंसिर २०, २०८२
  • होमपेज
  • कर्णाली प्रदेश
  • मुस्लिम आयोगद्वारा प्रदेश प्रमुख मियाँसमक्ष वार्षिक प्रतिवेदन पेश

मुस्लिम आयोगद्वारा प्रदेश प्रमुख मियाँसमक्ष वार्षिक प्रतिवेदन पेश

  • आइतवार, जेष्ठ १२, २०८२
मुस्लिम आयोगद्वारा प्रदेश प्रमुख मियाँसमक्ष वार्षिक प्रतिवेदन पेश

सुर्खेत — कर्णाली प्रदेश प्रमुख नजिर मियाँसमक्ष मुस्लिम आयोगको वार्षिक प्रतिवेदन पेश गरेको छ । प्रदेश प्रमुख कार्यालयमा एक कार्यक्रमका बिच आयोगका कार्यवाहक अध्यक्ष महमदिन अलीले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुख मियाँलाई बुझाएका हुन्।
प्रतिवेदन पेश गर्दै आयोगका क्रियाकलाप, उपलब्धि र आगामी योजना बारे उनले प्रदेश प्रमुखलाई जानकारी गराएका थिए। प्रदेश प्रमुख मियाँले प्रतिवेदनमा उल्लेख गरिएका विषयहरू मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत प्रदेशसभामा छलफलका लागि पेश गरिने उनले बताए । नीति निर्माणमा यस्ता प्रतिवेदनहरू मार्गदर्शक बन्ने प्रदेश प्रमुखको विश्वास थियो ।
सुदूरपश्चिम प्रदेश प्रमुख रहेका मियाँले कर्णाली प्रदेशको पनि जिम्मेवारी पाएपछि कार्यभार सम्हाल्न सुर्खेत पुगेका थिए। कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशी अमेरिका भ्रमणमा गएपछि राष्ट्रपति कार्यालयले असार १३ गतेसम्मका लागि मियालाई कर्णाली प्रदेश प्रमुखको पनि जिम्मेवारी दिइएको थियो । कार्यभार ग्रहण गरेलगत्तै मुख्यमन्त्री यामलाल कँडेल र प्रदेश प्रमुखबीच पनि भेटघाट र छलफल भएको थियो। प्रदेश प्रमुख कार्यालयमै भेट गरी मुख्यमन्त्री कँडेलले शुभकामना तथा बधाई थिए।
पदभार ग्रहण तथा प्रतिवेदन बुझ्ने कार्यक्रममा प्रदेश प्रमुख पत्नी उजेली मियाँ, प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव भीमराज थानी, सचिवालयका कर्मचारीहरू, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव साबिर अली तथा अन्य अधिकारीहरूको उपस्थिति रहेको थियो।

चर्चामा

सम्बन्धित समाचार