
काठमाडौं – सरकारले विद्यालय शिक्षा विधेयक यही अधिवेशनमा पास गर्ने घोषणा गरेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले यही अधिवेशनबाट पारित गर्ने घोषणा गरेका हुन् ।
सङ्घीय संसदका दुवै सदनमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा आर्थिक वर्ष २०८२/ ८३ का लागि प्रस्तुत नीति तथा कार्यक्रममा संस्थागत र सामुदायिक विद्यालयको पाठ्यक्रममा एकरुपता ल्याइने, शिक्षक किताबखानाको काम क्रमशः प्रदेश सरकारलाई हस्तान्तरण गर्ने, विश्वविद्यालय अनुदान प्रणालीमा सुधार गर्ने, स्पोर्ट स्कुल तथा खेलाडी प्रोत्साहन कार्यक्रम लागू गर्नेलगायतका नीति प्रस्तुत गरिएको छ ।
त्यस्तै सरकारले शिक्षक दरबन्दी पुनरावलोकन गर्ने घोषणा गरेको छ। राष्ट्रपति पौडेलले सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै शिक्षक दरबन्दी पुनरावलोकन गरिने बताएका हुन्।
त्यस्तै उनले शिक्षक बैंक स्थापना पनि हुने बताए। विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गरिने उनको भनाइ छ। ‘भौगोलिक क्षेत्रमा आवासीय विद्यालय खोलिने छ। शिक्षक दरबन्दीको पुनरावलोकन गरिने छ। विश्वविद्यालयको सहकार्यमा शिक्षक बैंक स्थापना गर्ने। शिक्षकको राष्ट्रिय मापदण्ड लागू गरिनेछ ।
