• होमपेज
  • बाजुरा बिशेष
  • गौमुल गाउँपालिका १ नम्मर वडा कार्यालयमा तालाबन्दी

गौमुल गाउँपालिका १ नम्मर वडा कार्यालयमा तालाबन्दी

  • मङ्लबार, चैत्र ४, २०८१
गौमुल गाउँपालिका  १ नम्मर वडा कार्यालयमा तालाबन्दी

बाजुरा–  गौमुल गाउपालिकाको वडा नम्ब र १ को वडाकार्यालयमा तालबाबन्दि गरिएको छ। नेकपा एमाले गौमुल गाउँपालिका वडा नं. १ वडा कमिटीले आफ्ना मागहरू पूरा गर्न दबावका लागि वडा कार्यालयमा ताला लगाएको हो ।
वडामा रहेका ६ सय ९८ पार्टी संगठित सदस्यहरूको सामूहिक राजिनामा सहित तीन प्रमुख मागहरू अघि सार्दै आन्दोलन थालेको १ नम्बर वडा कमिटीका अध्यक्ष बिनाेद राेकायाले बताएका छन ।
संघियता पछि स्थानिय तह  बनेको आठ वर्ष बितिसक्दा पनि वडा कार्यालयसम्म सडक स‌जालमा नजाेडीनु, उत्पादित बिधुत खपत तथा  बिस्तारका लागि पहल गरिनु पर्ने , दिगो टेलिफोन सेवा र प्रशाशनिक काम प्रभाबकारि बनाउन वडा सचिबको ब्यबस्थापन हुनपर्ने लगायतका माग राख्दै ताला बन्दि गरिएको जनाएकाे छ ।
वडा कमिटीका नेता तथा कार्यक्रताहरूले मागहरू पूरा नभएसम्म आन्दोलन जारी रहने समेत जनाएका छन्। स्थानीयवासीहरूले पनि उक्त आन्दोलनमा ऐक्यबद्धता जनाइरहेका छन्। वडाकार्यलमा ताला लगाएपछि वडा कार्यलयबाट सञ्चालन गरिने प्रसाशनिक तथा अन्य कामहरू भने प्रभाबित भएका छन्।

चर्चामा

सम्बन्धित समाचार