बाजुरा– बाजुरा जिल्लाका उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात भएको छ । आइतबार साँझदेखि मौसममा आएको फेरबदलका साथै दिउँसो हावाहुरी सुरु भएपछि गए रातिदेखि हिमपात सुरु भएको हो ।
आज बिहानसम्म बाजुराका पहाडी क्षेत्र र हिमाली क्षेत्रमा जमेको छ । यस वर्ष ढिला गरी जिल्लामा हिमपात सुरु भएसँगै यहाँका किसान खुसी भएका छन् ।