बाजुरा– मसिंर १६ मा हुने स्थानिय तहको निर्वचन अन्तरगत बाजुराको स्वामिकार्तिक खापर गाउँपालिकामा हुने उपाअध्यक्ष पदको उम्मेद्धारमा नेकपा एमालेकाे उम्मेदारलाई सर्मथन गर्ने गरि नेकपा माओबादी केन्द्रले उम्मेद्धारी फेर्ता लिएको छ । नेकपा एमाले र माओबादी केन्द्र बिच भएको सहमती अनुसार एमालेलाई सर्मथन गर्दै उम्मेद्धारी फेर्ता लिएको हो ।
नेकपा एमाले र नेकपा माओबादी केन्द्र बिच ३ बुदे सहमति सहित नेकपा माओबादी केन्द्रका उम्मेद्धार राजु विकले फेर्ता लिएको नेकपा माओबादी केन्द्रले जनाएको छ । २०८४ को स्थानिय तहको निर्बाचनमा माओबादी केन्द्रलाई उपाअध्यक्ष सहित केही वडाअध्यक्षमा सर्मथन गर्ने लगायत सहमती पश्चात माओबादी केन्द्रले उम्मेद्धारलाई फेर्ता गराएको एमालेले जनाएको छ ।
बुधबार मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर नेकपा माओवादी केन्द्रकी उम्मेदवार राजु कुमारी वि.क. र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) की उम्मेदवार सुनादेवी थापा भोटे(धामी)ले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृत संजीव पोखरेलले बताएका छन् ।
गाउँपालिकामा रित्त रहेको उपाध्यक्ष पदका लागि पाँच दलले मनोनयन दर्ता गराएका भएपनि आज अन्तिम समयमा नेकपा माओवादी र राप्रपाकी उम्मेदवारले फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएकाे छ ।