बाजुरा– बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदमा नेपाली काग्रेसका तर्फबाट पुल्तिसरा शाहीले उम्मेदवारी दर्ता गराएकी छन् । नेकपा एमाले र राप्रपा पछी नेपाली काँग्रेसका तर्फबाट तेस्राेमा उम्मेदवारी दर्ता गराएकी हुन ।
आइतबार निर्वाचन अधिकृतको कार्यालयमा पुगेर शाहीले उपाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएकी हुन् । निर्वाचन अधिकृतको कार्यालयको मनोनयन दर्ता कार्यक्रमको तालिका अनुसार पहिलो उम्मेदवारी दर्ताको समय एमालेलाई दिएको थियो भने यसपछि नेकपा एकिकृत समाजवादी उम्मेदवारी दर्ता गराउने कार्यक्रम रहेको छ ।