बिहिबार, कार्तिक २९, २०८१
  • होमपेज
  • कोशी प्रदेश
  • बाजुराकाे नाटेश्वरी निर्माण सेवा सहित एक दर्जन बढी कम्पनी कालोसूचीमा

बाजुराकाे नाटेश्वरी निर्माण सेवा सहित एक दर्जन बढी कम्पनी कालोसूचीमा

  • शुक्रबार, कार्तिक २३, २०८१
बाजुराकाे नाटेश्वरी निर्माण सेवा  सहित एक दर्जन बढी कम्पनी कालोसूचीमा

बाजुरा– प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले बाजुराकाे नाटेश्वरी निर्माण सेवा एण्ड अडर सप्लार्यस सहित एक दर्जन बढी कम्पनीहरुलाई कालोसूचीमा राखेको छ । दुई कम्पनीलाई साढे दुई वर्ष, दुई कम्पनीलाई दुई वर्ष, तीन कम्पनीलाई डेढ वर्ष र अन्य ६ कम्पनीलाई एक वर्षसम्मका लागि कालोसूचीमा राखिएको हो ।

कालोसूचीमा पर्नेमा बाजुराकाे नाटेश्वरी निर्माण सेवा एण्ड अडर सप्लार्यस,  कांग्रेस नेता एवम् ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ मुख्य व्यक्ति रहेको कान्छाराम कन्सट्रक्सन, रमिला लामा मुख्य व्यक्ति रहेको एन.बी. कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका छन् ।

यी कम्पनीहरुलाई तुम्लिङटार र बुटवलस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले कालोसूचीमा राख्न सिफारिस गरेका थिए । यसैगरी रसुवाको नौकुण्ड गाउँपालिका कार्यालयको सिफारिसमा बुद्धिमान गोले मुख्य व्यक्ति भएको बी.जी. निर्माण सेवा प्रालि पोखरा पनि कालोसूचीमा परेको छ ।

इलामस्थित संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयको सिफारिसमा गजेन्द्रप्रसाद पौडेल मुख्य व्यक्ति भएको पूजा कन्स्ट्रक्सन धनकुटा र जयप्रकाश साह हलवाई मुख्य व्यक्ति भएको साह निर्माण सेवा इनरुवा पनि कालोसूचीमा परेका छन् ।

उनीहरुले ठेक्का लिएको काम सन्तोषजनक नभएकाले कालो सूचीमा राखिएको हो । कालोसूचीमा परेकाहरुले कालोसूचीमा राखेको अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद कारबाहीमा भाग लिन पाउँदैनन् ।

हेर्नुहोस् कालोसूचीमा परेकाहरुको विवरण–

चर्चामा

सम्बन्धित समाचार