बाजुरा– न्याय परिषषद्ले आगामी उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको छ । १६ मंसिरमा हुने उपनिर्वाचनका लागि न्याय परिषदले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको हो छ । जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् ।
त्यसैगरी ६ वटा स्थानीय तहमा निर्वाचन अधिकृत खटाउन पनि परिषदले सिफारिस गरेको छ । जसमा बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिकामा हुने उपाअध्यक्षकाे निर्वाचनका लागि जिल्ला न्यायधिस संजिव पाेख्रेलकाे नाम सिफारिस गरेकाे छ ।
मंसिर १६ गते बाजुराकाे स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्ष सहित देशका विभिन्न ४१ स्थानमा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचन हुने स्थानीय तहमा आगामी मंसिर २ गते उम्मेदवारी दर्ता हुने निर्वाचन आयोगले जनाएको छ ।