सोमवार, कार्तिक १२, २०८१
  • होमपेज
  • देश
  • धनगढीमा १३ जना जुवाडे पक्राउ

धनगढीमा १३ जना जुवाडे पक्राउ

  • आइतवार, कार्तिक ११, २०८१
धनगढीमा १३ जना जुवाडे पक्राउ

धनगढी– कैलालीको धनगढीमा १३ जना जुवाडे पक्राउ परेका छन्।धनगढी उपमहानगरपालिका–९ बङग्राकटान स्थित खेतबारीमा जुवातास खेलिरहेको अवस्थामा सोही स्थानका ३४ वर्षीय हरि बिष्टसहित ७ जनालाई नगद २८ हजार ५६० र १ गड्डी ताससहित प्रहरीले पक्राउ गरेको हो।

यसैगरी धनगढी उपमहानगरपालिका–७ बेलिबजार स्थित महेश चौधरीको घरबाट २९ वर्षीय हिक्मत थापासहित ६ जनालाइ नगद ६४ हजार २३५ र १ गड्डी ताससहित वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

चर्चामा

सम्बन्धित समाचार