मङ्लबार, कार्तिक ६, २०८१
  • होमपेज
  • कोशी प्रदेश
  • ७६ जिल्लामा फैलियाे डेंगु, सुदूरपश्चिममा १ हजार ६५ जनामा संक्रमण

७६ जिल्लामा फैलियाे डेंगु, सुदूरपश्चिममा १ हजार ६५ जनामा संक्रमण

  • मङ्लबार, कार्तिक ६, २०८१
७६ जिल्लामा फैलियाे डेंगु, सुदूरपश्चिममा १ हजार ६५ जनामा संक्रमण

काठमाडौं —सुदूरपश्चिममा १ हजार बढीमा डेंगु संक्रमण देखिएको छ। प्रदेशका नाै वटै जिल्ला गरेर कुल १ हजार ६५ जनामा डेंगुकाे संक्रमण देखिएको हाे । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)को तथ्यांकअनुसार हुम्लाबाहेक देशका सबै  जिल्लामा डेंगु संक्रमण फैलिएको छ।

ईडिसिडीको तथ्यांकअनुसार ७६ जिल्लामा २२ हजार ८२ जनामा डेंगु संक्रमण पुष्टि भएको छ। काठमाडौंमा ३ हजार ५९४, कास्कीमा ३ हजार १८८,तनहुँमा २ हजार २९५,पर्वतमा १ हजार ५८८,चितवनमा १ हजार २९,ललितपुरमा ९६८, बागलुङमा ८२१,गोरखामा ७७२,भक्तपुरमा ६२४,कैलालीमा ४०८ जनामा डेंगु संक्रमण भएको ईडिसिडीको तथ्यांकमा उल्लेख छ।

यसैगरी प्रदेशअन्तर्गत गण्डकीमा ९ हजार ५सय ३१, बागमतीमा ७ हजार ७ सय ६८, कोशीमा १ हजार ६ सय ४६, लुम्बिनीमा १ हजार ३ सय ४८ जनामा संक्रमण देखिएको छ। कर्णालीमा ३ सय र मधेश प्रदेशमा ४सय २४ जनामा डेंगु संक्रमण भएको रोग नियन्त्रण महाशाखाले जनाएको छ। स्राेत अन्नपूर्ण पाेष्टबाट

चर्चामा

सम्बन्धित समाचार