• होमपेज
  • सुदुरपश्चिम प्रदेश
  • डोटीका किसान काउली खेतीतर्फ आकर्षित

डोटीका किसान काउली खेतीतर्फ आकर्षित

  • शनिबार, अशोज १९, २०८१
डोटीका किसान काउली खेतीतर्फ आकर्षित

काउली उत्पादन गरेर डोटीका किसानले पर्याप्त आम्दानी गरेका छन् । विगतमा परम्परागतरुपमा तरकारीखेती गर्दै आएका किसान पछिल्लो समयमा आधुनिकरुपमा काउली खेतीतर्फ आकर्षित भएका हुन् । अधिकांश खेतीयोग्य जग्गामा काउली उत्पादन हुन थालेपछि डोटी जिल्लाका किसान काउली खेतीतर्फ आकर्षित बन्दै गएका छन् ।

जिल्लाको के आईसिंह गाउँपालिका–४ किसान शिवराज धामीले दुई रोपनी क्षेत्रफलमा काउली उत्पादन गर्दै आएका छन् । उनको मुख्य आम्दानीको स्रोत नै काउली खेती बनेको छ । काउली उत्पादनबाट मात्रै उनले गतवर्ष दुई लाख ५० हजार आम्दानी गरे ।

यसवर्ष पनि बारीमा करिब रु चार लाख बराबरको काउली बेच्न तयार भएको धामीले बताए । गोठेमलको प्रयोग गर्दै विषादीयुक्त काउली उत्पादन गर्दै आएको र व्यापारी घरमै आएर काउली खरिद गर्दै आएका उनको भनाइ छ । ‘घरखर्च चलाउन विदेश जानुपरेको छैन । काउली उत्पादनले नै घरखर्च चलाउन सहज भएको छ’, धामीले भने ।

के आई सिंह गाउँपालिका–४ का डिलबहादुुर बुढामगरले दुई रोपनी जमिनमा लगाएको काउली बेचन तयार भइसकेको छ । उनले गत वर्ष एक रोपनीमा लगाएको काउलाीबाट करिब रु एक लाख आम्दानी गरेको बताए। यसवर्ष पनि बारीमा लगभग रु दुई लाख बराबारको काउली तयार भएको छ ।

परम्परागत खेतीको तुलनामा आधुनिक खेतीबाट पर्याप्त आम्दानी गर्न सकिने भएका कारण किसान व्यावसायिकरुपमा तरकारी खेती गर्न थालेका के आई सिहं गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुुर शाहीले बताए । पालिकाले किसानलाई उत्पादन भएको तरकारी बिक्री गर्न सहयोग गर्न थालेको उनले बताए।

के आई सिंह गाउँपालिकाका कृषि शाखा प्रमुख योगेश रावल हिउँदे र बर्खे बालीका रूपमा काउलीखेती गरी किसानले मनग्य आम्दानी गर्दै आएका बताउँछन्। गर्त वर्ष एक हजार दुई सय क्विन्टल काउली उत्पादन भएको उनले बताए ।

कृषि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले सायल गाउँपालिका, दिपायल सिलगढी नगरपालिका, जोरायल गाउँपालिका र के आई सिहं गाउँपालिकालाई काउली पकेटको रूपमा छनोट गरी काउली उत्पादनमा जोड दिइएको बताए।

चर्चामा

सम्बन्धित समाचार