• होमपेज
  • बडिमालिका
  • सुदूरपश्चिम सरकारबाट बाजुराका २९ सडकमा बजेट

सुदूरपश्चिम सरकारबाट बाजुराका २९ सडकमा बजेट

  • सोमवार, अशोज ७, २०८१
सुदूरपश्चिम सरकारबाट बाजुराका २९ सडकमा बजेट

बाजुरा– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०८१।०८२ को बजेटमा बाजुरा जिल्लामा २९ सडक योजना समावेश गरेको छ । प्रदेश सरकारले भदौं ३१ गते संसदमा पेश गरेर आइतवार मात्रै बहुमतले पारित गरेको बजेटमा जिल्लाका २९ वटा सडक योजना परेका छन् । प्रदेश सरकारले जिल्लाका प्रायः सबै पालिकाका विभिन्न ठाउँ जोड्ने साना ठुला गरी २९ वटा योजनाका लागि बजेट विनियोजन गरेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारका गौरवका आयोजना मार्तडी- कोल्टी र खप्तड- मार्तडी सडकखण्डका लागि सबैभन्दा धेरै बजेट विनियोजन गरेको छ । मार्तडी- कोल्टी- पिलुचौर सडक कालोपत्रे गर्नका लागि समानिकरणबाट ५ करोड र समपुरक अनुदानबाट १० करोड गरी १५ करोड बजेट विनियोजन गरेको छ । त्यस्तै खप्तड छेडेदह गाउँपालिकाका सबै वडा जोड्ने खप्तड- मार्तडी सडकखण्ड समानिकरणबाट ३ करोड र समपुरक अनुदानबाट ७ करोड गरी १० करोड बजेट विनियोजन गरेको छ ।
त्यसै गरी प्रदेश सरकारले मुगुको झुगला देखि स्वामिकार्तिक खापर गाउँपालिकाको जेरा वाई साप्पाटा हुदैँ कालिकोट सडक २५ लाख, सालीमेला सैदिया साईमाणु हुदैँ खडुली सडक स्वामिकार्तिक गाउँपालिकामा २५ लाख, बुढिगंगा नगरपालिकाको बेतालमाण्डौं- टुनिसैन डेल्टा आटिचौर भौनेरा सडक २५ लाख, बडिमालिका नगरपालिकामा मार्तडी- बडीमालिका सडक २० लाख र आन्तरिक स्रोतबाट ५ लाख बजेट विनियोजन गरेको छ ।
बुढीगंगा नगरपालिका ७ को सुख्खा खोला चौरा सिमलकोट सडक २५ लाख, हिमाली गाउँपालिका क्युडी-कोट नेतिखोला देउलीसैन सडक २५ लाख, बुढीगंगा ५ को नुवाघर भित्रि सडक र पिपलडाली देउलीकोट जय बुढीनन्दा १ सडक गरि २० लाख, हिमाली गाउँपालिकाको ढोगदिना देखि दाराल्ना सडक २५ लाख बजेट छुट्याएको छ ।
त्यस्तै बडिमालिका नगरपालिकाको जडांगा कोर्ध हुदै बडीमालिका लादे पाटन सडक २५ लाख, कणर्ाली करिडोर देखि मनिकाँडा बडीमालिका सडक २५ लाख, सुइजिउला देखि मुक्तिकोट हुदैँ राफाडाँडा सडक २४ लाख, लामारया भलादया राताढुंगा सडक ५० लाख, सेरा आटीचौर थामलेख सडक १ करोड, बडीमालिका ३ रजाली देखि गौमुलको अम्लिस अन्तरपालिका सडक कालोपत्रे २४ लाख ९० हजार विनियोजन गरेको छ ।
त्यसै गरी बुढिनन्दाको पोरखे देखी दिउडा बडीमालिका सडक २ करोड, छतारा स्वास्थ्य चौकी देखि त्रिभुवनेश्वरी मावि हुदैँ लावादुङ सडक २ करोड ५० लाख, आटीचौर डोगडी सडक २ करोड ५० लाख, कुवाडी बिच्छ्या हुदैँ हिल्सा सडक २ करोड ५० लाख, गुईगाड बसाली देनबाडा बजेडी सडकमा समानिकरण २० लाख र आन्तरिक स्रोतबाट ५ लाख गरि २५ लाख बजेट विनियोजन गरेको छ ।
त्यस्तै मालागाड सडक पुल निर्माण ५० लाख, बेलिबृज स्थानान्तरण २५ लाख, मार्तडी कोल्टी सडकको रजातोली पक्कि सडक पुल निर्माण २५ लाख, अनाई खोला सडक पुल २ करोड ७० लाख छुट्याएको छ ।
त्यस्तै कणर्ाली ट्रस ब्रिज निर्माण २५ लाख, भौनेरा पक्की पुल निर्माण २ करोड ५० लाख, डाब बजार हुदैँ डुगुरसैन सडक निर्माण २५ लाख विनियोजन गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार