• होमपेज
  • बुढीगंगा
  • आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बाजुरामा तीन योजना

आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बाजुरामा तीन योजना

  • सोमवार, अशोज ७, २०८१
आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बाजुरामा तीन योजना

बाजुरा– सुदूरपश्चिम प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट बाजुरा जिल्लामा तीन योजना परेका छन् । प्रदेश सरकारले भदौ ३१ गते ल्याएको नयाँ बजेटमा जिल्लामा तीन योजनाका लागि ५१ लाख बजेट विनियोजन गरेको हो ।

मन्त्रालय अन्तर्गत प्रदेश सरकारबाट जिल्लाको जगन्नाथ गाउँपालिकाको कन्द्र जुड्डी प्रहरी चौकीको भवन निर्माणका लागि ३५ लाख बजेट विनियोजन गरेको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय बाजुरामा महिला स्तनपान कक्षको भवन निर्माणका लागि ८ लाख र बार्जुगाड प्रहरी चौकी सुदृढीकरणका लागि ८ लाख बजेट विनियोजन भएको छ ।

चर्चामा

सम्बन्धित समाचार