• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • गाैमुलमा गाउँपालिकाद्धारा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्थालाई सम्मान

गाैमुलमा गाउँपालिकाद्धारा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्थालाई सम्मान

  • शुक्रबार, भदौ २८, २०८१
गाैमुलमा गाउँपालिकाद्धारा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्थालाई  सम्मान

बाजुरा‍‍–  गौमुल गाउँपालिकामा उत्कृष्ट काम गर्ने स्वास्थ्य संस्थालाई सम्मान गरिएको छ । आज पालिकाको स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षा कार्यक्रममा स्वास्थ्य क्षेत्रको मापदण्ड अनुसार स्वास्थ्य संस्थालाई सम्मान गरिएको हो । उत्कृष्ट काममा मानाकोट स्वास्थ्य चौकी प्रथम भएको छ । भने दोस्रो दहकोट स्वास्थ्य चौकी र तेस्रो माझपाली स्वास्थ्य संस्था भएको छ ।

समुदाय स्तरमा स्वास्थ्य संस्थाहरुले गुणस्तरीय सेवा प्रदान गरी स्वास्थ्यका विभिन्न सुचाङ्क पूरा गरेको भन्दै प्रमाण–पत्र प्रदान गरिएको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख हरिशचन्द्र विकले बताएका छन् । त्यस्तै घट्मुना आधारभूत अस्पताल, अम्लिस आधारभूत स्वास्थ्य संस्था, तल्लोदुगुन स्वास्थ्य संस्था, नक्राडा स्वास्थ्य संस्था लगायतलाई सान्त्वनाको प्रमाण पत्र प्रदान गरिएको छ । थप काममा हौसला बढाउन र प्रोत्साहनका लागि सम्मान गरिएको हो ।

थप कामलाई निरन्तरता दिन आग्रह गर्दै प्रमाण–पत्र गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापा र वडाअध्यक्षहरुले हस्तान्तरण गरेका थिए । त्यसैगरी वार्षिक समीक्षा कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालय बाजुराका लाल बहादुर खड्का, बाजुरा स्वास्थ्य चौकी टाँटेकी अनमी मंगला बोहरा र कैलाशमाण्डौं स्वास्थ्य चौकीका ईन्चार्ज प्रकाश विक्रम शाहीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

चर्चामा

सम्बन्धित समाचार