• होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • बर्षायाम संगै जिल्ला अस्पताल बाजुरामा बिरामीको संख्यामा बृद्धी

बर्षायाम संगै जिल्ला अस्पताल बाजुरामा बिरामीको संख्यामा बृद्धी

  • सोमवार, साउन २१, २०८१
बर्षायाम संगै जिल्ला अस्पताल बाजुरामा बिरामीको संख्यामा बृद्धी

बाजुरा– बर्षासँगै जिल्ला अस्पताल बाजुरामा बिरामीको चाप बढन थालेको छ । बर्षायामको मध्यसम्म आइपुग्दा दैनिक रुपमा एक सयदेखी डेढ सयको हाराहारीमा बिरामी आउने गरेको अस्पताल श्रोतले जनाएको छ । मौसम परिवर्तन, दुषित पानीका कारण पखाला, रुघाखोकी, टाइफाइड, झाडापखाला, निमोनिया तथा शरीर चिलाउने, बिबीरा आउने लगायतका लक्षणका बिरामी बढन थालेको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले बताएका छन् ।

जिल्ला अस्पतालमा जटिल खाले भन्दा अहिले सबैभन्दा बढी सामान्य चेकजाँच गर्ने बिरामीको चाप बढेको सूचना अधिकारी गिरीले बताए । जिल्लाको पुर्वी उत्तरी तथा दक्षिणी भेगका साथैं हुम्ला, मुगु लगायतका छिमेकी जिल्लाबाट दैनिक सय बढी बिरामी आउने गरेका भएपनि बर्षायम सुरु भएसँगै सदरमुकाम आसपासबाट दैनिक रुपमा आउने बिरामीको संख्या बढेको उनले बताए । दैनिक रुपमा उपचार तथा चेकजाँच गर्न आउने बिरामीको संख्या बढ्दै गएको अस्पतालले जनाएको छ ।

 बर्खामा फोहरमैला पानीका मुहानमा मिसिने गरेको छ जसको कारण बिरामीको संख्या बढने गरेको अस्पतालका स्वास्थ्यकर्मीहरुले बताउने गरेका छन् । बर्षायममा सामान्य रुघाखोकीलेले निमोनिया हुने, निमोनिया बिग्रेर छातीमा संक्रमण हुनेदखि दम जस्ता दिर्घरोग सम्मकै अवस्था पुग्न सक्ने खतरा भएकाले बेलैमा स्वास्थ्य संस्थामा उपचार गराउन स्वास्थ्यकर्मीले सल्लाह दिएका छन् । बर्षा सुरु भएदेखि जिल्लाका अन्य स्वास्थ्य संस्थाहरुमा समेत दैनिक बिरामीको संख्या बढेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार