शुक्रबार, कार्तिक २, २०८१
  • होमपेज
  • बुढीगंगा
  • बुढिगंगा नगरपालिकाको बार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न

बुढिगंगा नगरपालिकाको बार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न

  • मङ्लबार, साउन १, २०८१
बुढिगंगा नगरपालिकाको बार्षिक प्रगती समिक्षा कार्यक्रम सम्पन्न

बाजुरा– बुढिगंगा नगरपालिकाको बार्षिक प्रगति समिक्षा तथा पुरस्कार बितरण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले आर्थिक बर्ष ०८०/०८१ को बजेट र पालिकाले गरेका गतिबिधी प्रगती बारे समिक्षा गरेको हो । नगरपालिकामा जम्मा १ सय ३३ वटा आयोजना मध्ये २ लाख भन्दा कमका आयोजना ५२ वटा, २ देखि ५ लाख सम्मका ६३ वटा आयोजना, ५ देखि १० लाख सम्मका १३ वटा आयोजना र १० देखि ५० लाख सम्मका ५ वटा आयोजना रहेको नगरपालिकाले जनाएको छ ।

No description available.
कुल ६२ करोड १२ लाख ४८ हजार बजेटमा खर्च ५५ करोड ५१ लाख ३१ हजार जुन कुल बजेटको ८९.३५ प्रतिशत खर्च भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नरेन्द्य्र नाथले बताए । जसमा कुल चालु बजेट रु ३९.५ करोडमा खर्च ३६.२५ करोड (९१ प्रतिशत) र कुल पुजिगतमा २२.६१ करोडमा खर्च १९.२५ करोड (९० प्रतिशत भएको प्रमुख प्रशासकिय अधिकृत नाथले बताए ।

No description available.
नगरपालिकाले आर्थिक बर्ष ०८०/०८१ मा शिक्षा तथा युवा खेलकुदमा बढि जोड दिएको र प्रगती सन्तोसजनक बन्दै गएको जनाएको छ । शिक्षा, युवा तथा खेलकूदका क्षेत्रमा शैक्षिक गुणस्तर अभिवृद्धि गर्न विद्यालय कक्षा/तह समायोजन गरिएको छ । ७ वटा विद्यालयको तह घटुवा गरी शिक्षक दरबन्दी र विषय मिलान गरिएको छ भने कक्षा समायोजन तथा मर्ज गरिएका विद्यालयहरूलाई प्रोत्साहन अनुदान प्रदान गरिएको छ । सबै सामुदायिक विद्यालयमा कक्षा ३, ५, ८ र १० मा अंग्रेजी, गणित, विज्ञान विषयहरूको उपचारात्मक कक्षा सञ्चालन गरिएकोमा प्रगती बढ्दै गएको नगरपालिका प्रमुख राम बहादुर बानियाले बताएका छन ।

No description available.
त्यसै गरि राष्ट्रिय खेलकुद परिषद् को प्रशिक्षणमा १५ दिने खेल प्रशिक्षण सञ्चालन गरी एक विद्यालय एक खेलकूद शिक्षक उत्पादन उत्पादन गरिएको छ भने नगरप्रमुख वृहत् भलिबल प्रतियोगिता आयोजना सम्पन्न गरिएको छ । नगर स्तरीय रनिङ शिल्ड प्रतियोगिता आयोजना गरी जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिएर बुढीगंगा नगरपालिकाले कुल १३ वटा पदकहरू जित्न सफल भएको छ । स्थानीय स्काउट गठन गरिएको नगर प्रमुख बानियाले बताए ।

No description available.
नगरपालिका र संघ संस्थाहरूको पहलमा यस नगरपालिकाका ५६८ जना बालबालिकालाई शैक्षिक सामाग्री तथा विद्यालय पोशाक र ७७ जना बालबालिकालाई नगद सहयोग गरी विद्यालय निरन्तरतामा सहयोग गरिएको छ । १९ वटा आ.वि.मा ब्रोडब्याण्ड इन्टरनेट सेवा विस्तार गरिएको छ । विद्यालय स्तरका विद्यार्थीहरूलाई मार्सल आर्ट्स, बक्सिङ र भलिबल खेल प्रशिक्षणका लागि ४ जना खेल प्रशिक्षकहरू नियुक्त गरी परिचालन गरिएको छ । ५०० जना युवाहरूलाई लागु औषध नियन्त्रणका अभियानहरूमा परिचालन गरिएको छ भने २० जना युवाहरूलाई सीपमुलक स्वरोजगार तालिम दिइएको छ । यस आ.व. मा ७८६ जना अभिभावकहरूलाई अभिभावक शिक्षा प्रदान गरिएको नगर उप प्रमुख माया कुवर खड्काले बताएकी छन । प्रारम्भिक बालविकास सहजकर्तालाई ३ दिने र आधारभूत तहका शिक्षकहरूलाई ५ दिने क्रियाकलापमा आधारित क्षमता विकास तालिम दिइएको छ भने सबै सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरूलाई क्ष्ऋत् सम्बन्धी तालिम प्रदान गरिएको उप प्रमुख खड्काले बताईन ।

No description available.
विद्यालय तथा नगरस्तरीय परीक्षा व्यवस्थापन गरिएको छ भने विद्यालयको शैक्षिक तथ्याङ्क अद्यावधिक गरिएको छ । ८४ जना शिक्षकको कार्य सम्पादन मूल्याङ्कन गरिएको छ । शैक्षिक क्यालेण्डर, शिक्षक डायरी, विद्यार्थी गृहकार्य डायरी, निरन्तर मूल्याङ्कन अभिलेख पुस्तिका प्रकाशन गरी विद्यालयहरूलाई हस्तान्तरण गरिएको छ । कक्षा १ देखि ८ सम्मको स्थानीय पाठ्यक्रम र स्थानीय पाठ्यक्रम स्रोत सामाग्री निर्माण तथा छपाइ गरिएको छ भने विद्यालय दिवा खाजा कार्यक्रमलाई व्यवस्थित गरिएको छ । प्रारम्भिक बाल कक्षामा पाठ्यक्रममा आधारित पाठ्यपुस्तकको व्यवस्था गरिएको नगरपालिकाले जनाएको छ ।
त्यसै गरि आधारभूत स्वास्थ्य तथा सरसफाइका क्षेत्रमा बाजुरा स्वास्थ्य चौकीमा एमबिबिएस डाक्टरको व्यवस्थापन गरिएको जनाएको छ । जटिल रोगहरू निदानको लागि बिरामीहरूलाई स्वास्थ्य उपचारमा सहयोग र आर्थिक रूपमा विपन्न बिरामीहरूलाई आर्थिक सहयोग गरिएको छ । देवलसैन स्वास्थ्य चौकीमा भिडियो एक्स-रे सेवा सुचारू गरिएको छ भने धुरालसैनमा बर्थिङ सेन्टर सुचारू गरिएको छ । पालिकाका ५ वटा ठाँउबाट टेलिमेडिसिन सेवा संचालन गरिएको प्रमुख प्रशासकिय अधिकृत नरेन्द्र नाथले बताएका छन ।
स्वास्थ्य सेवाका ५ जना नयाँ कर्मचारीहरू भर्ना गरिएको छ भने स्वास्थ्य बिमालाई अनिवार्य गर्नका लागि प्रत्येक वडाहरूमा बिमा स्वयमसेवकहरू परिचालन गरिएको छ । विभिन्न उपचार शिविरहरू सञ्चालन गरिएको छ, जसमा आँखा उपचार शिविरबाट ५०० जनाले तथा हाडजोर्नी उपचार सम्बन्धी शिविरबाट ३०० जनाले सेवा प्राप्त गरेका छन् । टेलिमेडिसिन सेवालाई ५ वटा स्वास्थ्य संस्थाहरूमा विस्तार गरिएको छ । यस आ.व.मा ५६८ बालबालिकाको सामान्य र २ जना बालबालिकाको जटिल उपचार गरिएको छ ।
लागु औषध नियन्त्रण सम्बन्धी सचेतना अभियान, मनोपरामर्श, सामाजिक सचेतना र सुशासनका लागि अभिमुखीकरण र घरदैलो अभियान सञ्चालन गरिएको छ । तीनवटा स्वास्थ्य चौकी र दुईवटा प्रहरी चौकीमा मनोसामाजिक परामर्श तथा लागु औषध नियन्त्रण डेस्क स्थापनामा सहयोग गरिएको छ भने ३० वटा शैक्षिक संस्था, १० वटा वडा कार्यालय र १० वटा स्वास्थ्य संस्थाहरूमा डस्टबिनहरू सहयोग गरिएको छ । लागु औषध नियन्त्रण सम्बन्धी सामाजिक सचेतना, मनोपरामर्श सम्बन्धी सामाजिक अभियान र विद्यालय शिक्षा प्रदान गरिएको छ ।
त्यस्तै कृषि, सहकारी र पशुपालनका क्षेत्रमा नगरपालिकाले २ हजार ५ सय जना कृषकलाई मल, ५ सय जनालाई मौसमी बिउँबिजन, १ हजार ५ सय जनालाई हाइब्रिड बिउँ, ६ सय ४२ जनालाई आलु तथा गहुँको बिउँ, ६ जना किसानलाई साना सिँचाइका सामाग्रीहरू अनुदान स्वरूप प्रदान गरिएको जनाएको छ । १८ जना उत्कृष्ट कृषकलाई पुरस्कार प्रदान गरिएको छ । कृषि उत्पादनलाई विद्यालय दिवा खाजा कार्यक्रमका प्रत्यक्ष जोडिएको छ । करिव १५ हजार कागति,एभोगार्डो लगायतका विरुवा वितरण गरिएको जनाएको छ ।
एक वडा दुई प्राविधिक कार्यक्रम लागु गरी प्रत्येक वडामा २ जना कृषि र पशु प्राविधिक परिचालन गरिएको र विभिन्न ४ ठाउँमा कृषि पाठशाला सञ्चालन गरी १ सय कृषकहरूलाई आधुनिक कृषि प्रणालीमा जोडिएको छ भने ९ सय ५० जना कृषकहरूलाई सूचीकरण गरिएको नगरपालिकाले जनाएको छ ।
सिँचाइ, विद्युत तथा खानेपानी तर्फ साझेदार संस्थाहरूको साझेदारीमा सिँगाडा र बानेगाउँमा लिफ्ट सिँचाइ सञ्चालन गरिएको छ भने सराप्लामा लिफ्टिङ खानेपानीको व्यवस्थापन गरिएको छ । विभिन्न ६ ठाउँमा साना सिँचाइ प्रवर्द्धन गरिएको छ भने सिँगाडा र नुवाघरमा सिँचाइ कुलो निर्माण गरिएको छ । खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालयको सहयोगमा बुढीगंगा-५, नुवाघरमा १ घर १ धारा कार्यक्रम सुचारु गरिएको नगरपालिकाले जनाएको छ ।
महिला, बालबालिका तथा सामाजिक सुरक्षा कार्यक्रम अन्तरगत लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान, अन्तराष्ट्रिय महिला दिवस जस्ता कार्यक्रमहरू सञ्चालन गरिएको छ । ज्येष्ठ नागरिकहरूको आरोग्यताका लागि ३६ जना ज्येष्ठ नागरिकहरूलाई वैद्यनाथ धाम तीर्थयात्रा, १० वटा वडाहरूमा सामुदायिक मनोसामाजिक विमर्शकर्ता खटाई लैंगिक हिंसा रोकथाम सम्बन्धी ८ हजार ५ सय ७६ जनालाई अभिमुखीकरण गरिएको नगरपाकिाले जनाएको छ । २ सय ३६ वटा लैङ्गिक हिंसा प्रभावितहरूको पहिचान गरी ४२ जनालाई एकद्वार सङ्कट व्यवस्थापन केन्द्र मार्फत सेवा प्रदान गरिएको र बुढीगंगा नगरपालिकाका १० जना हिंसा पिडित महिलाहरुलाई प्रति महिला २० हजार बरावरका बाख्रा वितरण गरिएको जनाएको छ । उपप्रमुख महिला लक्षित कार्यक्रम अन्तर्गत २० जना हिंसा पीडित महिलाहरूलाई आयआर्जनका लागि उन्नत जातका बाख्रा वितरण गरिएको छ ।
रोजगारी प्रवर्द्धन, वातावरण तथा विपद् व्यवस्थापन कार्यक्रम अन्तरगत प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १ सय २ जना बेरोजगारहरूलाई १०० दिनको न्यूनतम रोजगारी सुनिश्चित गरी राज्यले तोकेको न्युनतम ज्याला प्रदान गरिएको छ । २० वटा श्रममा आधारित आयोजनाहरूको निर्माण सम्पन्न भएका छन् । भुकम्पबाट क्षतिग्रस्त घरधूरीका लागि ४ सय १ वटा अस्थायी टहरा निर्माण गरी हस्तान्तरण गरिएको छ भने मनसुनजन्य विपदबाट प्रभावित १९ घरपरिवारको बासस्थान निर्माण कार्य जारी रहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार