शुक्रबार, अशोज १८, २०८१
  • होमपेज
  • देश
  • मार्तडीदेखि काठमाण्डौँसम्मकाे बस भाडा २८ सय कायम

मार्तडीदेखि काठमाण्डौँसम्मकाे बस भाडा २८ सय कायम

  • सोमवार, साउन १, २०८०
मार्तडीदेखि काठमाण्डौँसम्मकाे बस भाडा २८ सय कायम

बाजुरा  —  बाजुरा सदरमुकाम मार्तडीदेखि काठमाण्डौँसम्मकाे बस भाडा २८ सय  रुपैयाँ कायम गरिएको छ। मार्तडीदेखि काठमाण्डौँसम्मकाे  ९४४.६ किलोमिटरको भाडा दुई हजार ९ सय ५९ बाट घटाएर दुई हजार ८ सय ९६ रुपैयाँ कायम गरिएको हाे।

पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेसँगै सरकारले सार्वजनिक यातायातको भाडा पनि घटाएको छ। स्वचालित मूल्य प्रणालीले डिजेल र पेट्रोलको मूल्य घटाएलगत्तै यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो। स्वचालित प्रणालीअनुसार आइतबार रातिदेखि डिजेलमा चार र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको थियो।

सोहीअनुरूप विभागले यात्रुवाहक सवारीसाधनमा २ दशमलव १३ प्रतिशत भाडा घटाएको छ। यस्तै मालवाहक सवारीमा पहाडमा २ दशमलव ७८ र तराईमा ३ दशमलव शून्य ९ प्रतिशतले भाडा घटेको छ। ६८८ किलोमिटर दुरी काठमाण्डौँ–धनगढीको भाडा एक हजार ८ सय ९९ रुपैयाँबाट घटेर एक हजार ८ सय ५९ रुपैयाँ कायम गरिएको छ।

त्यस्तै काठमाण्डौ–सितागढी–साँफेबगर ८ सय ९९.६ किलोमिटरको भाडा दुई हजार ६९३ रुपैयाँबाट घटाएर दुई हजार ६३६ कायम गरिएको छ।

सरकारले लामाे दुरीकाे भाडा समायाेजन गरेस‌गै काठमाण्डौँ देखि महेन्द्रनगर ६९५ किलोमिटरको भाडा एक हजार ९ सय १५ रुपैयाँबाट घटाएर एक हजार ८ सय ७४ रुपैयाँ कायम गरिएको छ। काठमाण्डौँ–अत्तरिया–डडेल्धुरा ७७३ किलोमिटरको भाडा दुई हजार दुई सय ३८ रुपैयाँबाट घटाएर दुई हजार एक सय ९० रुपैयाँ कायम गरिएको छ।

त्यस्तै काठमाण्डौँ–अत्तरिया–डडेल्धुरा–बैतडी ८६४ किलोमिटरको भाडा दुई हजार पाँच सय ६४ बाट घटाएर दुई हजार पाँच सय १० रुपैयाँ, धनगढी–जनकपुर ७६३ किलोमिटरको भाडा दुई हजार ४७ रुपैयाँबाट घटाएर दुई हजार चार रुपैयाँ कायम गरिएको छ।

त्यस्तै धनगढी–नेपालगञ्ज १९९ किलोमिटरको भाडा ५६९ बाट घटाएर ५५७, धनगढी–विराटनगर ८२६ किलोमिटरको भाडा दुई हजार दुई सय १९ बाट घटाएर दुई हजार एक सय ७१ रुपैयाँ कायम गरिएको छ। त्यस्तै धनगढी–स्याङजा–पोखरा ५८६ किलोमिटरको भाडा एक हजार ७ सय २३ रुपैयाँबाट घटाएर एक हजार ६ सय ८६ कायम गरिएको छ।

काठमाण्डौँ–अत्तरिया–चैनपुर ९४४ किलोमिटरको भाडा दुई हजार ९ सय ४३ रुपैयाँबाट घटाएर दुई हजार ८ सय ८० रुपैयाँ तथा कायम गरिएको छ।

चर्चामा

सम्बन्धित समाचार